कोदोखेती गरेबापत स्थानीय सरकारले प्रोत्साहनस्वरुप थप रकम दिने भएपछि मकवानपुर गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढेको छ । मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि किसान खुसी हुनुका साथै यो पेसामा आकर्षित भएका हुन् । गाउँपालिकाले कोदो प्रतिकिलो रु ५४, फापरको प्रतिकिलो रु सय र जुनेलोको प्रतिकिलो रु ८४ हुने …
दिपायल : स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको खेती पछिल्लो समय डोटीमा हुन छाडेको छ। कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै गएकाले खेती नै हुन छाडेको हो। व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि घट्दै गएपछि परम्परागत मुख्य खाद्यान्न बाली रहेको कोदोको खेती लोप हुने अवस्थामा पुगेको हो। एक दशकअघि डोटीको दक्षिण भेगमा रहेका साविकका मन्नकापडी, बर्छैन, घागल, लानकोदारेश्वर, सिमचौर, कानाचौर, केदारअखडा र चवार चौतारा गाविस हाल बडीकेदार गाउँपालिका, जोरायल गाउँप
बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरुपमा खेती […]
भोजपुर– बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरूपमा […]
माघ २, पाल्पा । रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनतअनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।
खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु परिर्वतनले उत्पादनमा कमी आएसँगै किसानको परम्परागत अन्नबाली खेतीमा आकर्षणसमेत घटेको हो ।
बगनासकाली गाउँपालिका–८, बगनासकी जेम कुमारी हिताङ्ग अहिले कोदो र फापरखेतीमा व्यस्त छन् । पहिला तीन चार मुरी कोदो र फापर उत्पादन हुने गरेकामा अहिले २०/२५ पाथी मात्र उत्पादन हुन्छ । कोदो, फापरलगायत रैथानेबालीको माग गाउँ तथा सहरी क्षेत्रमा भने बढ्दो छ ।
पहिला निकै मेहनतका साथ उत्पादन गरिने भएकाले कोदो, फापरलगायत बाली प्रशस्त उत्पादन हुँदै आएको थियो । मेहनत गर्ने मानिसको अभाव, जलवायु परिर्वतन र शहरीकरणले गर्दा परम्परागत अन्नबाली लोप हुँदै गएको कृषक हिताङ्ग बताउँछन् ।
कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । समुदायका आश्रित व्यक्तिमा काम गर्ने क्षमता छैन । गोरुले जोत्ने खेतबारीमा अहिले ट्र्याटरबाट खनजोत हुन्छ । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन् ।
पुराना अन्नबाली फापर, कोदो, जौ, तिल, भटमास, सिलामलगायत अन्नबाली वर्षेनी संकटमा परेको तानसेन नगरपालिका छापकी नरिसरा गाहा बताउँछन् ।
पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन, बुढापाका पुस्ताका मानिसले मात्र रैथानेबाली कोदो, फापर, गहुँ उत्पादन गरिरहेको उनको भनाइ छ ।
पछिल्ला वर्ष छिटो आम्दानी दिने उन्नत जातका अन्नबालीप्रति किसानले चासो बढाउन थालेका छन् ।
रैथाने अन्नबालीको उत्पादन वृद्धि प्रोत्साहनको अभावमा लोप हुने अवस्थामा पुगेकाले सरकारले विशेष चासोका साथ बीउ संरक्षण गरी उत्पादन वृद्धिमा चासो दिनुपर्नेमा स्थानीयवासी कमल भण्डारी जोड दिन्छन् ।
१०/१२ वर्षअघिसम्म कोदो र फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनकोे उत्पादनमा कमी भए पनि बजारमा माग भने बढ्दो छ । निकै स्वादिलो परिकारका रुपमा कोदाको रोटी र ढिलोलाई लिइन्छ । रैथाने अन्नबालीको उत्पादन बढाउन सके स्वदेशका ठूला होटल तथा विदेशमा समेत निर्यात गर्न सकिनेमा उनी जोड दिन्छन् । रासस
जुम्लाको रैथाने बालीको सरक्षण तथा प्रवद्र्धनमा विज्ञले चासो दिएका छन् । रैथाने बालीको खेतीमा पनि किसानको आकर्षण देखिएको छ । लोपोन्मुख जुम्लाको कालिमार्सी धान, चिनो कागुनो, कोदो र रातो मार्सीलगायतका रैथाने बालीको संरक्षणमा विज्ञहरुले चासो दिएका हुन् ।बढ्दो बजार माग र महत्वलाई मध्यनजर गर्दै जुम्ली किसान पनि पछिल्लो समय रैथाने बालीको प्रर्वद्धनमा जुटेका छन् । […]
जुम्लाको रैथाने बालीको सरक्षण तथा प्रर्वद्धनमा विज्ञले चासो दिएका छन् । रैथाने बालीको खेतीमा पनि किसानको आकर्षण देखिएको छ । लोपोन्मुख जुम्लाको कालिमार्सी धान, चिनो कागुनो, कोदो र रातो मार्सीलगायतका रैथाने बालीको संरक्षणमा विज्ञहरुले चासो दिएका हुन् ।बढ्दो बजार माग र महत्वलाई मध्यनजर गर्दै जुम्ली किसान पनि पछिल्लो समय रैथाने बालीको प्रर्वद्धनमा जुटेका छन् । […]
लमजुङ – पहाडी जिल्ला लमजुङमा कोदो खेतीमा किसानको आकर्षण घट्दो छ । खेताला पाउन गाह्राे, लागत र मेहनतको तुलनामा उत्पादन कम हुने भएकाले लमजुङमा कोदो खेतीमा किसानको आकर्षण बढ्न नसकेको र उत्पादन घट्दो मात्रामा रहेको कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थ विज्ञ एवम् सूचना अधिकारी मदन रेग्मीले जानकारी दिनुभयो ।
पुरानै बिउ तथा परम्परागत ढङ्गले कोदो खेती गर्नाले पनि लमजुङमा कोदोको उत्पादन बढ्न सकेको छैन । लमजुङमा गएकाे वर्ष सात हजार पाँच सय २५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा सात हजार पाँच सय १५...
लमजुङमा केही समयअघि कोदोको प्रशस्तै खेती गरिन्थ्यो । मकै, कोदोको ढिँडोफाँडो खाने चलन थियो । तर पछिल्लो समय जिल्लाका किसानले कोदो खेती गर्न छाडेका छन् । युवाशक्ति विदेश पलायन भएसँगै...पूरा पढ्नुहोस् »