कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सन्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकोले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तर्गत खरिद गर्न लागेको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए ।