काठमाडौँ मेयरका उम्मेदवार केशव स्थापितले गरे मतदान

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन् । शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।

सम्बन्धित सामग्री

जिम्मेवारी लिन आतुर छु : केशव स्थापित

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले बागबजार स्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गरेका छन्। मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले आफ्नो जित पक्का भइसकेको र नयाँ जोशका साथ मेयरको जिम्मेवारी लिन...

काठमाडौंका उम्मेदवारले गरे मतदान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारद्वय केशव स्थापित र सिर्जना सिंहले मतदान गर्नुभएको छ । एमालेबाट मेयरका उम्मेदवार स्थापितले वडा नम्बर ३१ बागबजारस्थित पद्यमकन्या क्यापम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । त्यस्तै कांग्रेसबाट मेयरकी प्रतिस्पर्धी सिंहले काठमाडौं महानगरपलिका वडा नम्बर १६ युवक मावि मतदान केन्द्रबाट मत हाल्नुभएको हो । उम्मेदवार सिंहसँग उहाँका श्रीमान तथा कांग्रेस […]

भोट खसालेपछि कमलको फूलजस्तै फुल्छु : केशव स्थापित

३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेपछि आनन्द महसुश गरेको प्रतिक्रिया दिएका छन् । मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो सबै प्रतिवद्धता पूरा गर्ने बताएका हुन् । उनले मतदाताहरुलाई उत्साहित भएर मतदान गर्न आग्रह गरेका थिए । ‘मतदान गर्ने, मौनमा बस्ने, आकाशितर हेरेर,’ उनले भने,‘आजका दिनमा म मतदाता प्रभावित […]