आशा लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवार रहेको छ ।   दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गरेकाले फागुन २५ गते बिहीवारसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको साल्ट ट्रेडिङ कर्पोरेशनले चैत १० गते साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा दिनको १२ः१५ बजे शुरू गर्ने जानकारी दिइएको छ । त्यस्तै गत आवको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २८ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको आशा लघुवित्तले चैत ११ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय ककनी–६ नुवाकोटमा बिहान १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।

सम्बन्धित सामग्री

जुम्लामा १ हजार सय क्विन्टल नुन मौज्दात छः साल्ट ट्रेडिङ कर्पोरेशन

जुम्लाको सदरमुकाम अवस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रामा नुन रहेको बताइएको छ।...

साल्ट ट्रेडिङ काभ्रेमा रासायनिक मलको दुरुपयोग

काठमाडौं । साल्ट ट्रेडिङ काभ्रेले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको छ । सोमबार विशेष निगरानी मार्फत रासायनिक मलको दुरुपयोग हुने पुष्टि भएको हो । जिल्लामा मल बितरणमा कालोबजारी बढेको र किसानले रासायनिक मल नपाएको गुनासो बढेपछि युवा संघ नेपाल काभ्रेले विशेष निगरानी मार्फत मलको दुरुपयोग पत्ता लगाउन जुटेको थियो । त्यहीँ शिलशिलामा साल्ट […] The post साल्ट ट्रेडिङ काभ्रेमा रासायनिक मलको दुरुपयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साल्ट ट्रेडिङ कर्पोरेसनको अध्यक्षमा श्रेष्ठ

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समिति बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । श्रेष्ठ चैत ०७१ देखि सञ्चालक समिति सदस्यका रूपमा कार्यरत थिए । उनी कर्पोरेसनमातहतको...

साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कर्पोरेसनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

साल्ट ट्रेडिङ ६१औँ वर्षमा

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर अघिल्लो वर्ष दिवंगत भएका संस्थाका अध्यक्ष लक्ष्मीदास मानन्धरको स्मृतिमा ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ स्थापना गरेको छ । यो वर्ष उक्त पुरस्कार...

साल्ट ट्रेडिङ कर्पोरेशन ६० औं वर्षमा

नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)को ६० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले आज एक कार्यक्रमको आयोजना गरेर आफ्नो ६० औं वार्षिकोत्सव मनाएको हो । एसटीसीले नेपालमा आयोडिन नुनको आपूर्ति गर्दै आइरहेको छ ।कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले एसटीसीले उपभोक्ताहरूलाई गुणस्तरीय उपभोग्य वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराइरहेको बताइन् । कम्पनीले कोरोना महामारीको समयमा पनि उपभोक्ताहरूको सेवामा समर्पित रहेको बताइन् ।‘कर्पोरेसनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखन

साल्ट ट्रेडिङ ६०औँ वर्षमा प्रवेश

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ६०औँ वर्षमा प्रवेश गरेको छ । सन् १९६३ मा नेपालमा नुन आपूर्ति गर्ने उद्देश्यले संस्थानको स्थापना भएको थियो । संस्थानले पहिले नेपालमा आयोडिनरहित ढिके नुन आपूर्ति गर्दै आए पनि...

डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ : साल्ट ट्रेडिङ

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ ।  तीमध्ये १७  हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्षमार्फत वितरण भइराखेको...

साल्ट ट्रेडिङ कर्पोरेशनमा सञ्चालक हेरफेर

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सञ्चालक हेरफेर भएका छन् । साविक नेशनल ट्रेडिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गरेको कम्पनीले जनाएको छ ।साविक नेशनल ट्रेडिङ लिमिटेड गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन भएकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पत्र अनुुसार सीईओ चन्दले कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका […]

मौज्दात सकिने डरले खुद्रा चिनी बेच्दै साल्ट ट्रेडिङ

काठमाडौं । मौज्दात सकिने डरले साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा रूपमा किन्नेलाई मात्रै चिनी बेचिरहेको छ । साल्ट ट्रेडिङसँग भएको चिनीको सबै मौज्दात रित्तिने क्रममा रहेको र थप चिनी खरीदका लागि सरकारले अनुमति दिन ढिलाइ गरिरहेकाले मौज्दात शून्यमा झर्न नदिन साल्टले यस्तो गर्नु परेको बताइएको छ ।साल्टसँग यतिबेला करीब ५ सय मेट्रिक टन मात्रै चिनी मौज्दात रहेको छ । ‘यो चिनी पनि नबेचेर मात्र बचेको हो बेचेको भए आजसम्म सकिसकेको हुन्थ्यो,’ साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक कुमारराज भण्डारीले आर