कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम मंगलबार ल्याउने भएको छ । आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ल्याउने उक्त नीति तथा कार्यक्रमको उद्देश्य, सिद्धान्त र प्राथमिकता यसअघि नै संसदमा प्रस्तुत भइरहेका छन् । आगामी आर्थिक वर्षलाई कर्णाली सरकारले अधुरा आयोजना पुरा गर्ने बर्षका रुपमा लिने सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले रातोपाटीलाई जानकारी दिए । यो पहिलो कार्यकालको अन्तिम बजेट हो,’उनले भने,‘यसअघि थुप्रै आयोजनाहरु अधुरा छन् । ति आयोजन