कोरोनाका कारण गत वर्ष रोकिएको पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पाय: खड्ग जात्रा यसवर्ष सञ्चालन हुने भएको छ । ललितपुर महानगरले मंगलबार सारोकारवाला गुठियार, गुठी संस्थान, पाटन संग्रहालय, ललितपुर उद्योग वाणिज्य संघलगायतसँग छलफल गरेर यस वर्ष जात्रा सञ्चालन गर्ने निर्णय गरेको हो ।