नेप्सेमा उच्च उतारचढाव, उच्च कारोबारमा हाइड्रोपावरले गरेको ‘लिड’
२५ साउन, काठमाडौं । पछिल्लो केही साता लगातार उच्च वृद्धि देखिएको सेयर बजारमा गत साता भने स्थिर जस्तै देखिएको छ । सातामा बजार परिसूचक नेप्से ०.३९ प्रतिशतको सामान्य वृद्धि देखिए पनि बजारमा तीव्र उतारचढाव देखियो …
काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीमा सबैभन्दा धेरै जलविद्युत्का छन् । हाल नेप्सेमा ८९ जलविद्युत् कम्पनी सूचीकृत छन् । आगामी दिनमा धितोपत्र बजारमा भित्रिन लागेका कम्पनीको संख्या हेर्दा पनि जलविद्युत् क्षेत्रकै वर्चस्व देखिन्छ ।
पछिल्ला वर्षहरूमा धितोपत्रको दोस्रो बजारमा भएको कारोबारको अवस्था हेर्दा लगानीकर्ताको आकर्षण जलविद्युुत् क्षेत्रका कम्पनीकै शेयरमा देखिन्छ । तर, यस क्षेत्रका कम्पनीको लाभांश वितरण स्थिति हेर्दा सूचीकृत ८९ कम्पनीमा हालसम्म सातओटाले मात्रै गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले लाभांशविना नै साधारणसभा बोलाएका छन् ।
सूचीकृत ८२ जलविद्युत् कम्पनीले लाभांश दिएका छैनन् । वित्तीय अवस्था सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता बढी आकर्षित हुनुलाई अर्थपूर्ण मानिएको छ ।
राम्रा वित्तीय अवस्था भएका र निरन्तर लाभांश वितरण गर्ने जुनसुकै क्षेत्रका कम्पनीको शेयरमा लगानी गर्नु सुरक्षित र फलदायी हुने विश्लेषक बताउँछन् । तर, खुद नोक्सानीमा रहेका, अझै केही वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा रहेका कम्पनीको शेयर किन्नु कत्तिको सुरक्षित हुन्छ त ?
शेयरबजार जोखिम नै जोमिखले भरिएको क्षेत्र हो । शेयरबजारमा लगानी गरेर व्यापक आर्थिक उन्नति गरेका र सर्वस्व गुमाएका दुवै उदाहरण छन् । लगानीकर्ताले कम्पनीको वित्तीय विवरण, लाभांश जस्ता पक्षलाई राम्ररी केलाएर लगानी गर्न नसके दु:खले आर्जन गरेको रकम गुम्न सक्ने जानकार बताउँछन् । त्यसैले शेयरबजारमा धेरै कुरा विचार गरेर मात्रै लगानी गर्नुपर्ने उनीहरुको सुझाव रहन्छ ।
शेयरबजार सधैं बढ्ने वा घट्ने हुँदैन । यी दुई ट्रेन्डलार्ई राम्रोसँग नियालेर लगानी गर्न सके लगानी सुरक्षित हुने सम्भावना बलियो हुने विश्लेषहरूको भनाइ छ ।
वित्तीय अवस्था सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता बढी आकर्षित हुनुलाई अर्थपूर्ण
लगानीकर्ता नवराज दाहाल धेरैजसो अल्पकालीन कारोबारीले जलविद्युत् कम्पनीको शेयर किनबेच गर्ने बताउँछन् । यही कारण उक्त क्षेत्रका कम्पनीको शेयर मूल्यमा बढिरहेको दाहालले बताए । उनको भनाइमा यी कम्पनीमा ३ वर्षको लकइन पिरियड हुन्छ । ‘तीन वर्षपछि हकप्रद शेयरको फन्डा चलाएर पनि शेयर मूल्य उचालिरहेका हुन्छन्,’ दाहालले भने ।
वाणिज्य बैंकको हकमा शेयर संख्या धेरै हुँदा लाभांश घटिरहेको छ । लघुवित्त कम्पनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सजिलो छैन । इन्स्योरेन्स कम्पनीले हकप्रद, बोनस वा थप निष्कासन (एफपीओ) के गरेर पूँजी पुर्याउँछन् भन्ने अन्योल छ । त्यसैले लगानीकर्तासामु कारोबार गर्न विकास बैंक, फाइनान्स र हाइड्रोपावर नै विकल्पका रूपमा रहेको उनको भनाइ छ । ‘अरू सेक्टरका कम्पनीको जस्तो धेरै पूँजी हाइड्रोपावर कम्पनीको छैन ।
अहिले आएका हाइड्रोपावरले २० देखि ३० प्रतिशत शेयर सर्वसाधारणलाई बेचेका हुन्छन्, अरू संस्थापकसँग हुन्छ,’ दाहालले भने, ‘यी कारणले गर्दा हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।’ शेयर संख्या थोरै भएपछि चलखेल गर्न पनि सजिलो हुन्छ । यस्तोमा सानो समूहले नै माग बढाएर भाउ उचाल्ने र मूल्य उच्च बिन्दुमा पुगेपछि आफूसँग भएको सबै शेयर बेचेर नाफा कमाउने गर्न पनि सक्छ ।
अर्का लगानीकर्ता विष्णु पराजुली जलविद्युत् कम्पनीको शेयर मूल्य बढ्नुमा शेयर संख्या कम हुनुलाई मुख्य कारण मान्छन् । थोरै शेयर हुनेबित्तिकै कारोबारीले केही समय शेयर होल्ड गरेर राख्नेबित्तिकै माग सृजना हुन्छ । ‘अरू सेक्टरका कम्पनीको शेयर संख्या धेरै हुन्छ ।
किनेर राख्यो, मूल्य खासै बढ्दैन,’ पराजुलीले भने, ‘पछिल्लो समय लगानीकर्ताले दीर्घकालीन लगानीभन्दा अल्पकालीन कारोबारमा जोड दिइरहेका छन् । अल्पकालीन लगानीमा लगानीकर्ताको रोजाइ कम पूँजी भएको कम्पनीमा हुन्छ । यसकारण पनि जलविद्युत् कम्पनीको शेयर मूल्य बढेको हो ।’
आइतवार जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ५५ प्रतिशत बढेको छ । यस समूहका अधिकांश कम्पनीको शेयरमूल्य माथि गएपछि समूहगत परिसूचक बढेको हो ।
काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागेको छ । पछिल्लो समय प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरी धितोपत्र दोस्रो बजारमा कारोबारमा आएका ७ कम्पनीमध्ये ५ ओटाको शेयर मूल्य घटेको छ, जसमा घोराही सिमेन्ट इन्डष्ट्रिज, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स छन् ।
प्राथमिक बजारमा महँगो दरमा आईपीओ निष्कासन गरेका यी कम्पनीहरूमा दोस्रो बजारमा भने लगानीकर्ताको आकर्षण देखिएको छैन ।
यी कम्पनीहरूको शेयर मूल्यमा कारोबारमा आएको एक–दुई दिन बढे पनि तेस्रो दिनबाट घट्ने गरेको पाइएको छ । खरीदकर्ताभन्दा पनि विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो ।
प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने धेरैजसो कम्पनीको शेयरको संख्या धेरै छ । कम्पनीको शेयरको संख्या धेरै रहेकाले शेयरको आपूर्ति पनि बढेको छ । यस कारण दोस्रो बजारमा यी कम्पनीको शेयर मूल्य घटेको जानकारहरू बताउँछन् ।
प्रिमियममा आईपीओ निष्कासन गरेका कम्पनीहरूमध्ये घोराही सिमेण्टले सबैभन्दा महँगोमा शेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता रू. ४३५ मा शेयर निष्कासन गरेको थियो । कम्पनीले अंकित मूल्यमा रू. ३३५ प्रिमियम थपेर आईपीओ निष्कासन गरेको थियो । कम्पनीको पहिलो कारोबार भने प्रतिकित्ता रू. ५६५ दशमलव ५० मा खुला भएको थियो । त्यसपछि कम्पनीको शेयर मूल्य अधिकतम रू. ५८१ दशमलव ४० सम्म पुगेको भए पनि गत बिहीवार यसको मूल्य प्रतिकित्ता रू.४३४ दशमलव ८ मा झरेको छ । यो आईपीओ मूल्यभन्दा पनि कम हो ।
त्यस्तै, चार जीवन बीमा कम्पनीले पनि नियामक निकाय बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी रू. ५ अर्ब पु¥याउनको लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका थिए । रिलायबल नेपाल लाइफले प्रिमियमसहित प्रतिकित्ता रू. २५७ मा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको पहिलो कारोबार दिन प्रतिकित्ता रू.४८६ दशमलव ६ मा भएकोमा गत बिहीवार शेयर मूल्य घटेर ४२४ दशमलव ६ मा झरेको छ । कारोबार खुलेको पहिलो दिन कम्पनीको शेयर मूल्य उच्च हुँदा प्रतिकित्ता रू. ५३५ दशलमव २ सम्म पुगेको थियो ।
सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रिमियमसहित प्रतिकित्ता रू. २४४ मा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको पहिलो कारोबार दिन रू. ५०८ मा शेयर कारोबार खुला भएकोमा गत बिहीवार शेयर मूल्य प्रतिकित्ता रू. ४१० मा झरेको छ । त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियमसहित प्रतिकित्ता रू. २३९ मा आईपीओ निष्कासन गरेको थियो । यस कम्पनीको पहिलो कारोबार दिन प्रतिकित्ता रू.४७५ दशमलव २ मा शेयर कारोबार खुला भएकोमा बिहीवार रू. ४४० मा झरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम सहित प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रू.५२९ दशमलव ५ भएकोमा बिहीवार कम्पनीको शेयर मूल्य रू. ४८० दशलमव ९० मा झरेको छ ।
प्रिमियममा आईपीओ निष्कासन गरेका बाँकी दुई कम्पनीहरूको शेयर मूल्य भने बढेको छ । माण्डु हाइड्रोपावरले प्रिमियमसहित प्रतिकित्ता रू. २०६ मा आईपीओ निष्कासन गरेको थियो । गत बुधवार पहिलो कारोबारका लागि कम्पनीको शेयर मूल्य रू. ३७३ दशमलव २ तोकिएकोमा गत बिहीवार कम्पनीको शेयर मूल्य बढेर रू.४४० दशमलव १० पुगेको छ ।
यस्तै, गत बिहीवार पहिलो कारोबारका लागि रू ३६१.१ तोकिएको भगवती हाइड्रोपावरको शेयर मूल्य बढेर रू.३९७.२ पुगेको छ ।
काठमाडौं । लगातार पाँच कारोबार दिन घटेपछि सोमवार ५ दशमलव ८४ अंकले बढेको नेप्से परिसूचक मंगलवार पुनः घटेको छ । यस दिन नेप्से परिसूचक १ दशमलव ३५ अंक घटेको हो । यससँगै नेप्से परिसूचक २ हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ । अर्थात् बजार पुनः २१ सय विन्दुमुनि आएको छ ।
मंगलवार बजार खुलेदेखि केही समय बढ्न खोजे पनि पछि निरन्तर घटेको थियो । नेप्से २१ सय विन्दुमुनि झरेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव देखिएपछि विक्रेता हाबी भएका थिए ।
विज्ञका अनुसार पछिल्ला दिनहरूमा बजार निरन्तर घट्दा लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् । सोही कारण कारोबार रकम दिनानुदिन घट्दै आएको छ । पछिल्लो समय शेयर बजारमा प्रोफिट बुक गर्ने प्रवृति देखिएको विज्ञ बताउँछन् । सोही कारण बजार केही दिन बढ्नेबित्तिकै करेक्सनमा जाने गरेको छ ।
मौद्रिक नीति सार्वजनिक हुनुअगाडि बजार चार कारोबार दिनमा बजार ८० अंकभन्दा बढी बढेको थियो । यसरी हेर्दा बढेको बजारमा ट्रेडरहरूले प्रोफिट बुक गरेको देखिन्छ ।
ट्रेडरहरूले प्रोफिट बुक गरेपछि तल्लो विन्दुमा आएपछि मात्रै खरीद बढाउँछन् । यस कारण पनि पछिल्लो समय शेयर बजार प्रभावित भएको विज्ञहरू बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव २७ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ३५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १४ प्रतिशत घटेको छ ।
मंगलवार कारोबारमा आएका २६२ धितोपत्रको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार ८३७ पटकमा रू. १ अर्ब ९२ करोड बरावरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सुपर मादी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ४ दशमलव ६० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९८ पुगेको हो ।
शेयर मूल्य सर्वाधिक बढ्न् कम्पनीको सूचीमा दोस्रोमा सिक्लेस हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य १ दशमलव ९३ प्रतिशत बढेर रू. ३९५ दशमलव ७० पुगेको छ ।
मंगलवार सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ५४ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ८१५ दशमलव १० मा झरेको छ ।
शेयर मूल्य घट्ने सूचीमा दोस्रोमा हिमालयन लघुवित्त छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ५७ प्रतिशत घटेर रू. ६७८ मा झरेको छ ।
यस कम्पनीले आज गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा धेरै घटेको छ । सोही कारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएको हुन सक्ने विज्ञको अनुमान छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा अपर तामाकोशी हाइड्रोपावरले ओगटेको छ । कम्पनीको रू. ८ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१० कायम भएको छ । यो सूचीमा दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. ७ करोड भन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ३५ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव ४७ प्रतिशत घटेको छ ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १ दशमलव २२ प्रतिशत घटेर बन्द भएको छ ।
आइतवारको तुलनामा नेप्से परिसूचक २३ दशमलव ६३ अंक घटेर १ हजार ९०८ दशमलव शून्य ५ विन्दुमा बन्द भएको हो । पछिल्लो कारोबार दिन नेप्से परिसूचक सोमवारसहित निरन्तर तीन कारोबार दिन घटेको छ ।
सोमवार रू. ९२ करोड ७८ हजार बराबरको ३१ लाख ४४ हजार ५७३ कित्ता धितोपत्र कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक हिस्सा अरुण भ्याली हाइड्रोपावरले ओगटेको छ । यस दिन अरुण भ्याली हाइड्रोपावरको रू. ७ करोड २ लाख ४३ हजार बराबरको शेयर कारोबार भएको हो । घटेको बजारमा सर्वाधिक कारोबार भएको यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १० ले बढेर अन्तिम मूल्य रू. ३१० कायम भएको छ ।
सोमवारको कारोबारमा आदर्श लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. १४३ ले मूल्य बढेर आदर्श लघुवित्तको अन्तिम शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५७३ दशमलव ७० कायम भएको हो । त्यस्तै यो दिन कालिञ्चोक दर्शनको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत र मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत बढेको छ । सोमवारको कारोबारमा सबै समूहगत परिसूचकहरू घटेका छन् ।
काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ ।
कालिञ्चोक दर्शन लिमिटेडको कुल ६० लाख कित्ता र एशियन हाइड्रोपावरको ३४ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यी दुवै कम्पनीको शेयर भोलि अर्थात् बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
एशियन हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ३ लाख ४० हजार, सर्वसाधारणको लागि निष्कासन गरेको ८ लाख ४० हजार र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २२ लाख २० हजार कित्ता गरी कुल ३४ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीलाई पहिलो कारोबारको लागि नेप्सेले रू. ९९ दशमलव ६० देखि २९८ दशमलव ८० ओपन रेञ्ज तोकेको छ । यही ओपन रेञ्जको आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
कम्पनीको स्टक सिम्बोल एएचएल रहेको छ । त्यस्तै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै कालिञ्चोक दर्शनलाई पहिलो कारोबारको लागि नेप्सेले रू. ७८ दशमलव १५ देखि २३४ दशमलव ४५ ओपन रेञ्ज तोकेको छ । यही रेञ्जको आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दका लागि वितरण गरेको १ लाख २० हजार, सर्वसाधारणको लागि वितरण गरेको १० लाख ८० हजार र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ४८ लाख कित्ता गरी कुल ६० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीको स्टक सिम्बोल केडिएल रहेको छ । साथै सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्सालबाट हुने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ ।
सुपरमाई हाइड्रोपावर लिमिटेडको कुल ५० लाख कित्ता र माया खोला हाईड्रोपावरको १ करोड कित्ता साधारण शेयर सूचीकृत भएको हो । दुवै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा मंगलवारदेखि कारोबारमा आउनेछ ।
माया खोला हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा वितरण गरेको १० लाख कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको २ लाख ४० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ६६ लाख कित्ता गरी कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको हो । यस कम्पनीले पहिलो कारोबारको लागि नेप्सेले रू. ८८ दशमलव ५३ देखि २६५ दशमलव ५९ ओपन रेञ्ज तोकेको छ ।
यही ओपन रेञ्जको आधारमा कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल एमकेएचसी रहेको छ । त्यस्तै यस कम्पनीले शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा सिटिजन्स क्यापिटल लिमिटेड डिल्ली बजार, काठमाडौंबाट हुने जानकारी दिएको छ ।
सुपरमाई हाइड्रोपावरको आईपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १३० दशमलव ७६ देखि अधिकतम रू. ३९२ दशमलव २८ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा आउनेछ ।
कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरेको ५ लाख कित्ता, सर्वसाधारण लगानीकर्ताहरूमा वितरण गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ४० लाख कित्ता गरी कुल ५० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एसएमएच रहेको छ । साथै सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा सानिमा क्यापिटल लिमिटेड नक्सालबाट हुने कम्पनीले जानकारी दिएको छ ।
नेप्सेमा बुधबार तीन जलविद्युत कम्पनीको शेयर कारोबार प्रारम्भ भएको छ । मंगलबार नेप्सेमा सूचीकृत भएका श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र मन्दाकिनी हाइड्रोपावरले जारी गरेको साधारण सेयरको आजबाट दोस्रो बजार कारोबार प्रारम्भ भएको हो ।आजको प्रि–सेसन कारोबारमा मन्दाकिनीको प्रतिकित्ता २३७ रुपैयाँ ३० पैसामा, अपर सोलुको ३२४ रुपैयाँ ६० पैसा र श्वेतगंगाको २६९ रुपैयाँमा पहिलो कारोबार भएको नेप्सेले जनाएको छ । स्पेशल प्रि–ओपन सेसनमा कारोबार भएपश्चात अब
काठमाडौँ – नेप्सेमा बुधबार तीन जलबिद्युत कम्पनीको सेयर कारोबार प्रारम्भ भएको छ। मंगलबार नेप्सेमा सूचीकृत भएका श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र मन्दाकिनी हाइड्रोपावरले जारी गरेको साधारण सेयरको आजबाट दोस्रो बजार कारोबार प्रारम्भ भएको हो। आजको प्रि-सेसन कारोबारमा मन्दाकिनीको प्रतिकित्ता २३७ रुपैयाँ ३० पैसामा, अपर सोलुको ३२४ रुपैयाँ ६० पैसा र […]
फागुन १०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये ५ आोटा धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
नेपाल दूरसञ्चार कम्पनी, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी र आइसीएफसी फाइनान्सको सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
यी ५ ओटा कम्पनीमध्ये नेपाल दूरसञ्चार कम्पनीको रू. २१ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस कम्पनीले हालसम्ममा गत वर्षको लाभांश घोषणा गरेको छैन । सोही लाभांश घोषणाको अपेक्षाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको देखिन्छ ।
त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको रू. १२ करोड ७८ लाख, जीवन विकास लघुवित्त वित्तीय संस्थाको रू. ११ करोड २२ लाख, हिमालयन डिष्टिलरीको रू. १० करोड ४१ लाख र आइसीएफसी फाइनान्सको रू. १० करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको र जीवन विकास लघुवित्तले आकर्षण लाभांश प्रस्ताव गरेकाले सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
असार १९, काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको हालसम्म कुल १८ ओटा कम्पनीलाई साधारण शेयर (आईपीओ) विक्री गर्न अनुमति दिएको छ ।
बोर्डको विवरणअनुसार पछिल्लोपटक यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर विक्री गर्न अनुमति पाएको हो ।
बोर्डले दिएका अनुमतिका आधारमा हेर्दा कुल १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० रुपैयाँ बराबरको साधारण शेयर विक्री हुनेछ । पछिल्ला दिनमा नेपालको धितोपत्र बजारमा विस्तारित भएको छ । बोर्डका अनुसार २०७७ असारमा कुल १७ लाखको हाराहारीमा रहेको हितग्राही खाताको संख्या शतप्रतिशतले वृद्धि भएर ३५ लाख नाघेको अवस्था छ ।
यस्तै ७ लाखको हाराहारीमा रहेको मेरो शेयर खाताको संख्यासमेत एक वर्षको अवधिमा साढे तीन गुणा बढीले वृद्धि भएर २६ लाख पुगेको छ । यस्तै प्राथमिक सार्वजनिक निष्काशनमा मुस्किलले ५ लाख जनाले भाग लिने गरेकामा पछिल्लो पटकसम्म आइपुग्दा त २१ लाखले आवेदन दिएका छन् ।
पछिल्लोपटक सार्वजनिक निष्काशन गरेको जीवन विकास लघुवित्तको साधारण शेयरमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन् । यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयरमा १८ लाख ४२ हजार ४८० ले आवेदन दिएको विवरण थियो । जीवन विकास लघुवित्तको विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साधारण शेयरमा लगानी गर्नेको रेकर्ड नै बनेको छ ।
धितोपत्र बजार अनलाइन कारोवारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजरआइडी लिएकामा हालसम्म त्यो संख्या बढेर ६ लाख ६० हजार बढी पुगेको छ । दैनिक ६ लाख बढीले कारोबारमा सक्रियता देखाएका छन् ।
बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाका अनुसार प्रविधिमा भएको विस्तार तथा लगानी सहजीकरणका लागि भएका प्रयासका कारण धितोपत्र बजारमा लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
बोर्डका अनुसार चालू आवको १० महीनामा नै धितोपत्रको प्राथमिक बजारमार्फत ७८ अर्ब रुपैयाँ बराबरको पूँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासमा उच्च हो । प्राथमिक बजारमार्फत समाजमा छरिएर रहेको सानो बचत संकलन गरी दीर्घकालीन पूँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुर्याउने बोर्डको उद्देश्यमा सफलता हासिल भएको छ ।
बोर्डका अनुसार चालू आवको शुरुआतीमा नै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर विक्री गर्यो । यस्तै समाज लघुवित्तले ८६ लाख बराबरको ८ लाख ६० हजार कित्ता साधारण शेयर विक्री गरेको थियो ।
बोर्डबाट अनुमति पाउनेमा पाँच ओटा जलविद्युत् कम्पनी छन् । त्यसमा सिङ्गटी हाइड्रोपावरले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर विक्री गरेको थियो । उक्त परिमाणको शेयर आयोजना प्रभावित स्थानीयवासी र आम सर्वसाधारणलाई विक्री गरिएको थियो ।
ग्रिन लाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर विक्री ग¥यो । बोर्डले अनुमति दिएको जलविद्युत् कम्पनीमध्ये प्रिमियमसमेत जोडेर साधारण शेयर विक्री गर्नेमा रु रु जलविद्युत् परियोजना हो । सो कम्पनीले ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँ बराबरको ८ लाख १५ हजार ४११ कित्ता साधारण शेयर विक्री गर्यो ।
सीईडीबी हाइड्रोपावर कम्पनीले पनि साधारण शेयर विक्री गरिसकेको छ । यस्तै तेह्रथुम पावर साधारण शेयर बिक्रीका लागि अनुमति पाइसकेको छ । सो कम्पनीले १२ लाख कित्ता साधारण शेयर विक्री गर्दैछ । साधारण शेयर विक्री गर्ने कम्पनीमध्ये नेपाल पूर्वाधार बैंक ठूलो हो । सो कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर चालू आवमा विक्री गरेको छ ।
यस्तै जलविद्युत् कम्पनीमध्ये मध्यभोटेकोशीले साधारण शेयर विक्रीको अनुमति पाएको छ । सो कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण शेयर विक्री गर्दैछ ।
बोर्डका अध्यक्ष ढुङ्गानाका अनुसार बजारको बढ्दो स्वरुपका अनुसार सरकारको राजस्वमा समेत पूँजी बजार भरपर्दो स्रोतका रूपमा स्थापित भएको छ । गत वर्षसम्म पूँजीगत लाभकरवापत सरकारलाई वर्षमा मुस्किलले १ अर्ब रुपैयाँ बराबरको योगदान पुर्याउने गरेकामा हाल महीनामै सो भन्दा बढी रकम संकलन हुन थालेको छ ।
लामो समयदेखि स्पष्ट नभएको पूँजीगत लाभकरसम्बन्धी व्यवस्थामा सुधार भएका कारण पनि बजार विस्तारित भएको बोर्डको बुझाइ छ । रासस