बैतडी : नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि जिल्ला कारागार बैतडीका कैदीबन्दीमा संक्रमणको जोखिम बढेको छ। २५ जनाको क्षमता रहेको कारागारमा हाल ७१ जना कैदीबन्दी रहेका छन्।क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा कोरोना संक्रमणको जोखिम बढेको र व्यवस्थापनमा चुनौती थपिएको जेलर अनिल तिवारीले बताए। ‘कैदीबन्दी बढी हुँदा कोराना संक्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती छ,’ उनले भने, ‘बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीहरुलाई राख्नु परेको छ।’कारा