विप्लव निकट विद्यार्थी संगठनले भन्यो पक्राउ परेका विद्यार्थी नेता कार्यकर्ता रिहा गर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले पक्राउ परेका विद्यार्थी नेता कार्यकर्ता रिहा गर्न माग गरेको छ । नेपाल बन्दको आह्वान गर्न सडकमा निस्किएका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेपछि अध्यक्ष प्रकाश शाहीले एक विज्ञप्ति जारी गर्दै रिहा गर्न माग गरेका हुन् । विनासर्त आफ्ना विद्यार्थी नेता कार्यकर्ता रिहा गर्न शाहीले आग्रह गरेका छन् ।  तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले तीन बुँदे सहमती गरेपनि कार्यन्वयन नभएको भन्दै विप्लवसहित चार कम्युनि