लमजुङ– जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने उदिपुर-रिठ्ठेबगर-नौथर सेरा सडक कालोपत्रको कामले तीव्रता पाएको हो । ग्याबेल, ग्याबिन वाल, मेशिन वालको काम तीव्र रुपमा भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालयका सडक इन्जिनियर राजेश अधिकारीले हालसम्म साढे तीन […]