डा.आरजु राणासँग सोधपुछ गर्ने आयोगको तयारी

काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु देउवा राणासँग निर्वाचन आयोगले सोधपुछ गर्ने तयारी गरेको छ । चुनाव प्रचार प्रसारको क्रममा राणाले दिएको अभिव्यक्तिबारे उजुरीको आधारमा आयोगले सोधपुछ गर्ने जनाईएको छ। आयोगले राणाको अभिव्यक्तिबारे छानबिन गर्न एक उपसचिवलाई जिम्मेवारी समेत दिएको हो । राणाले दिएका दुई अभिव्यक्ति आयोगले नोटिसमा राखेको र दुवै विषयमा […]

सम्बन्धित सामग्री

सुन तस्करी अनुसन्धान: साढे ५ महीना लगाएर तयार पारिएको प्रतिवेदनमा के छ ?

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी नियन्त्रणका लागि कानुनी तथा संरचनात्मक सुधार गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले बिहीवार सरकारलाई प्रतिवेदन बुझाउँदै सुनको आयात तथा उपयोगमा अवलम्बन गर्नुपर्ने नीति तथा विगतमा भएका सुन तस्करीको घटनामा अनुसन्धान र अभियोजनमा देखिएका कमीकमजोरी सुधार्न सिफारिस गरेको हो ।  आयोगको प्रतिवेदन अध्ययन गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाईसँग भेट गरेका छन् । राजनीतिक तहकै उच्च नेतृत्वको समेत संलग्नता रहेको आशंका गरिएको उक्त तस्करी काण्डको गत असोज १५ गते गठित आयोगले साढे पाँच महिना लगाएर प्रतिवेदन बुझाएको हो ।  तस्करी नियन्त्रणसँग सम्बन्धित विभिन्न नीति, कानुनी व्यवस्था र कार्यान्वयनको जिम्मेवारी लिएका निकायको संरचना र क्षमता तथा कार्यप्रणालीको अवस्थाको अध्ययन, अवलोकन, छलफल, अन्तरक्रियालगायत माध्यमबाट सुझाव लिइ सुधारका लागि सिफारिससहितको प्रतिवेदन पेस गरिएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए। आयोगले विद्युतीय चुरोट (भेप) र ब्रेकप्याडमा राखी सुन तस्करी भएको मुद्दामा ३३ प्रतिवादीको पुनः बयान लिने, केन्द्रीय अनुसन्धान ब्युरोबाट बुझिएका तर प्रतिवादी नबनाइएका विभिन्न २१ जनाको बयान कागज गराउने तथा अनुसन्धानका क्रममा थप १४ जनासँग सोधपुछ गरेको थियो ।  आयोगले कार्यसम्पादनका क्रममा त्रिभुवन विमानस्थल तथा रसुवागढीसहितका विभिन्न सात भन्सार नाकाको स्थलगत अवलोकन, राज्यव्यवस्था तथा सुशासन समिति र अर्थसमितिका सभापति तथा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतक तथा सचेतक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीसहित ६१ विषय विज्ञसँग छलफल गरेको थियो ।  आयोगले विभिन्न चार संस्थाका १८ प्रतिनिधि, नियमनकारी निकायका प्रमुख वा प्रतिनिधिसमेतसँग परामर्श तथा छलफल गरेको थियो । अध्ययनका क्रममा आयोगले पूर्वप्रतिवेदन, विभिन्न भन्सार कार्यालय, राजस्व न्यायाधीकरण एवं सर्वोच्च अदालतबाट भएका फैसला, विभिन्न मन्त्रालय, विभाग र कार्यालयबाट प्राप्त तथ्याङ्क एवं सुझाव र अध्ययन सामग्री समेतको विश्लेषण गरेको थियो ।  आयोगको सिफारिस कार्यान्वयनमा आएर सुन तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ । आयोगलाई तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटकपटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन र अनुसन्धानको अध्ययन गरी कानुनबमोजिम कारबाहीको लागि सिफारिस गर्ने कार्य क्षेत्र तोकिएको थियो । विदेशबाट इलेक्ट्रिक चुरोट (भेप) मा सुन राखी तस्करी गरिएको र गत साउन २ गते ब्रेक सु/ब्रेक प्याडमा सुन राखी तस्करी गरिएका विषयमा स्वतन्त्र तथा निष्पक्ष छानबिनका लागि सरकारले गत असोज १५ गते जाँचबुझ आयोग ऐनबमोजिम सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा गठित आयोगमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य थिए । आयोगले गत असोज १६ गतेदेखि कार्य प्रारम्भ गरेको थियो । उक्त प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिएको छैन ।

६१ किलो सुनबारे राजश्व अनुसन्धान विभागका प्रमुखसँग उच्चस्तरीय समितिको सोधपुछ

१७ माघ, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय समितिले ६१ किलो सुन प्रकरणबारे राजश्व अनुसन्धान विभागका अधिकारीहरुसँग सोधपुछ गरेको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर विभागका प्रमुख नवराज ढुंगानासहितका अधिकारीहरुसँग सुन प्रकरणबारे सोधपुछ …

सिरहा छुवाछुत घटना : मानव अधिकार आयोगको सोधपुछ सुरु

सिरहा – भगवानपुर गाउँपालिकामा दलित समुदायलाई छुवाछुत गरिएको घटनाको स्थलगत छानबिन गर्न आएको राष्ट्रिय मानव अधिकार आयोगको टोली सिरहा अनुसन्धान सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धि भोजमा छुवाछुत भएको घटना सार्वजनिक भए पछि अनुसन्धान गर्न आएको टोलीले अनुसन्धान सुरु गरेको हो । मधेस प्रदेशको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयकी अधिकृत […]

चोलेन्द्र निवासको गेटमा ताला छैन, प्रहरी सुरक्षा बढेको पाइयो : मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेको छ । सरकारले आफ्नो निवासको गेटमै ताला लगाएको आरोप जबराले लगाएपछि आयोगको टोलीले स्थलगत निरीक्षण गरेको हो ।  आयोगको टोलीले जबराको सरकारी निवास बालुवाटार पुगेर सोधपुछ गरेको छ । सोधपुछका क्रममा जबराले सरकारले प्रहरी लगाएर आफूलाई सर्वोच्च जान रोकेको गुनासो...

आयोगले सल्टायो एउटै दलबाट दुई जनाको उम्मेदवारी परेका २० वटा विवाद

काठमाडौँ । निर्वाचन आयोगले एउटै दलबाट दुई जनाको मनोनयन परेका करिब २० वटा उम्मेदवारीको विवाद सल्टाएको छ । निर्वाचन आयोगको निर्देशनमा देशभरका निर्वाचन अधिकृतहरुले सम्बन्धित दलको आधिकारिक व्यक्तिमाथि सोधपुछ गरेर पत्रमार्फत आधिकारिक उम्मेदवार खुलाउन लगाई विवाद समाधान गरेका हुन् । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले तराई र कर्णाली प्रदेशमा यस्तो समस्या देखिएको र अहिले […]

एउटै दलबाट दुई जनाको उम्मेदवारी परेका २० वटा विवाद सुल्झियो

१४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले एउटै दलबाट दुईजनाको मनोनयन परेका करिब २० वटा उम्मेद्वारीको विवाद सल्टाएको छ । निर्वाचन आयोगको निर्देशनमा देशभरका निर्वाचन अधिकृतहरुले सम्बन्धित दलको आधिकारिक व्यक्तिमाथि सोधपुछ गरेर पत्रमार्फत आधिकारिक उम्मेद्वार खुलाउन लगाई विवाद समाधान गरेका हुन् । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले तराई र कर्णाली प्रदेशमा यस्तो समस्या देखिएको र […]

मन्त्री यादवलाई हिंसा भड्किने अभिव्यक्ति नदिन आयोगको निर्देशन

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले हिंसा भड्काउने अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवसँग सोधपुछ गरेको छ। आयोगका अध्यक्ष टोपबहादुर मगर र आयुक्तहरु सूर्यप्रसाद शर्मा, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापाले मन्त्री यादवसँग सोधपुछ गरेका हुन्। आयोगले बिहीबार आफ्नै कार्यालयमा बोलाएर मन्त्री यादवसँग पुस ७ गते गौरमा दिएको अभिव्यक्तिबारे प्रष्टिकरण लिएको […]