अहिले विकास भएको नयाँ सत्ता समीकरणको जन्म अघिल्लो संसदमा नेकपामा जब विग्रह आयो त्यसले केपी शर्मा ओली भर्सेस प्रचण्ड, माधव र झलनाथ भएपछि त्यसले संसद् विघटन गर्यो । त्यो कदमको विरुद्धमा उहाँहरुले पार्टी फुटाएर अर्को गठबन्धनको सरकार बनाएपछि भएको हो । यसलाई अहिलेको समीकरणका रुपमा मात्र बुझ्नुहुन्न । पुष १० गते बनेको समीकरण अल्पकालीन थियो । त्यसको कुनै इतिहास थिएन । पुष्पकमल दाहाललाई संविधानको धारा ७६ (२) अन्तर्गत जसरी पनि प्रधानमन्त्री बन्नुपर्ने र शेरबहादुर देउवा संविधानको धारा ७६ (३) अन्तर्गत आफैँ प्रधानमन्त्री बन्ने र पालोक...