जनता समाजवादी पार्टीका नेता अशोक राईले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार निर्माणमा दुई विकल्प रहेको बताएका छन् । आइतबार एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बीचको छलफलपछि बालकोटबाट निस्कने क्रममा नेता राईले आफ्नो पार्टी सरकारमा जाने नजानेबारे संस्थागत निर्णय गर्न बाँकी रहेको भन्दै सरकार गठनमा दुई विकल्प रहेको बताए । ‘सरकार निर्माणका सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ या स