उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध, ठगी वा जालसाजीमा संलग्न नेता, कर्मचारी, उद्योगी व्यवसायलाई कारबाही थाल्दा दबाब र बक्तव्यबाजी सुरु हुने गरेको बताएका छन् । गण्डकी प्रदेशको सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन नसकिने बताए ।