उइगुरलाई रमजानको व्रत बस्न नदिन चीनमा जासुस परिचालन

काठमाडौँ- सिन्जियाङ प्रान्तमा अल्पसङ्ख्यक उइगुर मुसलमानलाई रमजानको व्रत बस्न नदिनका लागि चीनले जासुस परिचालन गरेको खुलेको छ । रेडियो फ्रि एसियाले टुर्पान क्षेत्रका प्रहरी अधिकारीलाई उद्धृत गर्दै यस्तो खुलासा गरेको हो । रमजानको प्रारम्भीक दिनहरुमा व्रत बसेको अशंकामा ५६ जनालाई पक्राउ गरिएको र तीमध्ये ५४ जनाले व्रत बसेर कानून उल्लङ्घन गरेको पुष्टि भएको रेडियो फ्रि […]

सम्बन्धित सामग्री

चिनियाँ जासुस भएको आरोपमा कैदमा राखिएकाे परेवा आठ महिनापछि रिहा

चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सफाइपछि रिहा गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँ जस्तो लिपिमा लेखिएको सन्देश’ सहित उक्त चरा समातिएको थियो । “सुरुमा प्रहरीले चराविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो, तर अनुसन्धान पूरा भएपछि उनीहरूले …

हमासनियन्त्रित गाजा स्ट्रिपमा जासुस ड्रोन उडाएको अमेरिकाद्वारा स्वीकारोक्ति

अमेरिकाले हमासद्वारा नियन्त्रित गाजा स्ट्रिपमा त्यहाँको जानकारी लिन जासुस ड्रोन उडाएको पुष्टि गरेको छ ।

चीनको जासुस उपग्रह बोकेको लङ मार्च रकेट ताइवानी क्षेत्रमा

चीनले  ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोन (एडीआईजेड) मा जासुस उपग्रह बोकेको लङ मार्च रकेट प्रक्षेपण गरेको  ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले दाबी गरेको छ।  समाचारहरूका अनुसार चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरेको हो। रकेटको उडान उचाइ, रक्षा मन्त्रालयले उल्लेख गरेको छ, वायुमण्डल भन्दा माथि भएको बताइएको छ। चीनको सरकारी पत्रिका पीपुल्स डेलीका अनुसार लङ मार्च २ डीले याओगन—३९ रिमोट सेन्सिङ स्याटेलाइटूलाई कक्षामा पठाए

अमेरिकालाई ‘सबैभन्दा बढी क्षति’ पुर्‌याउने क्युबाली जासुस रिहा

अमेरिकाले क्युबाली जासुस एना मोटेन्सलाई २० वर्षभन्दा बढी समय जेलमा बिताएपछि रिहा गरेको छ । एनालाई अमेरिकाको पकडमा आउने शीत युद्धकी सबैभन्दा उत्कृष्ट जासूस मानिन्छ । ६५ वर्षीया एना मोन्टेसले करिब दुई दशकसम्म क्युवाका

क्युबाली जासुस मोन्टेस अमेरिकी जेलबाट २० वर्षपछि रिहा

काठमाडौं : अमेरिकाले क्युबाका लागि जासुसी गर्ने एना मोटेन्सलाई २० वर्षपछि जेलबाट रिहा गरेको छ। अमेरिका–क्युबाबीचको शीत युद्धकालीन समयमा अमेरिकालाई ठूलो क्षति पु¥याएकी ६६ वर्षीया मोटेन्सलाई २ दशकभन्दा लामो समयको जेल जीवनबाट रिहा गरिएको हो। मोटेन्सले अमेरिकी रक्षा जासुस एजेन्सीमा विश्लेषकका रुपमा कार्यरत रहँदा महत्वपूर्ण सूचनाहरु क्युबामा पठाएकी थिइन्। अमेरिकाका अति गोप्य सूचनाहरु निरन्तर क्युबालाई दिएर क्षति पु¥याएको खुलेपछि उनी सन् २००१ मा गिरफर्तार भएकी थिइन्।

युआन वाङ ५ः चीनको ‘जासुस जहाज’ श्रीलंका आउँदा भारतले किन जनायो यति ठूलो विरोध ?

चिनियाँ नौसेनाको जहाज ‘युआन वाङ ५’ दुई दिनअघि अर्थात अगस्ट १६ मा श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा आइपुगेको छ । भारत र अमेरिकाजस्ता देशले यसलाई ‘जासुस जहाज’ ठान्छन्, जसलाई अन्य देशको जासुसी गर्न तैनाथ गरिन्छ । चीनले यो जहाज अत्यावश्यक वस्तुको आपूर्तिका लागि हम्बनटोटामा रोकिएको जनाएको छ । चीनले यो जहाजले जुन प्रकारको सामुद्रिक वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित काम गर्छ, त्यो अन्तर्राष्ट्रिय कानुनसम्मत भएको बताएको छ ।चीनले यो जहाजको गतिविधिले कुनै पनि देशको सुरक्षा र आर्थ

बर्लिनको रसियन दूतावास अगाडि मृत भेटिएका व्यक्ति रसियन जासुस भएको दावी

बर्लिनमा रहेको रसियन दूतावास अगाडि मृत भेटिएका व्यक्ति रसियन खुफिया एजेन्सीसँग सम्बन्धित जासुस रहेको जर्मन अधिकारीहरुले दावी गरेका छन् । गत अक्टोबर १९ मा बर्लिनमा रहेको दूतावास अगाडिको सडकपेटीमा ती रसियन कुटनीतिज्ञको शव भेटिएको थियो । ३५ बर्षका ती कुटनीतिज्ञको शव विहानै सडकपेटीमा भेटिएको थियो । उनी रसियन दूतावास भवनको माथिल्लो तलाबाट खसेको जनाइएको थियो […]

यी हुन् खतरनाक महिला जासुस

जासुसहरु अपत्यारिलो हुन्छन् । उनीहरु भेष बदल्ने मात्र नभई आश्चर्यजनक तरिकाले काम गर्छन् । जस्तोसुकै परिस्थितिमा पनि भित्रि कुरा बाहिर निकाल्न समक्ष हुन्छन् । जासुसीका बारेमा संसारमा धेरै फिल्महरु पनि बनेका छन् । संसारमा त्यस्ता खतरनाक महिला जासुसहरु पनि रहेका थिए र आजपनि छन, जसको बारेमा कमैलाई मात्र थाहा छ । डबल एजेन्ट ‘माता हारी’ […]

‘जासुस अभिषको भाइरससँगको जित’ सार्वजनिक

काठमाडौं : बालबालिकालाई भाइरस चिनाउने पुस्तक ‘जासुस अभिषको भाइरससँगको जित’ सार्वजनिक भएको छ। कथालयले प्रकाशन गरेको पुस्तक छल्मन बाइराले लेखेका हुन्। र, बालर्थतोया मुखजार्गलको चित्राङ्कन रहेको छ। कथाको मुख्य पात्र अभिष हो। अभिष खेलमा व्यस्त रहेको बेला उनको बुवालाई साइरन भएको गाडीमा लगिन्छ। त्यसपछि अचानक बाटोहरु सुनसान हुन्छन्, विद्यालय बन्द…

बालबालिकालाई भाइरस चिनाउने कथा पुस्तक ‘जासुस अभिषको भाइरससँगको जित’

काठमाडौं । बालबालिकालाई भाइरस चिनाउने ‘जासुस अभिषको भाइरससँगको जित’ कथा प्रकाशित भएको छ। यो पुस्तक बालबालिकालाई लक्षित गरेर पुस्तक प्रकाशन गर्दै आएको कथालयले प्रकाशित गरेको हो। यस कथाको मुख्य पात्र अभिष हो। अभिष खेलमा व्यस्त रहेको बेला उनको बुवालाई साइरन भएको गाडीमा लगिन्छ। त्यसपछि अचानक बाटोहरु सुनसान हुन्छन्, विद्यालय बन्द हुन्छन्, खेल्न र कसैलाई भेट्नसमेत रोक लगाइन्छ। अभिषले पहिला कहिल्यै नभोगेका यी कुराहरु आजकाल किन भइरहेका छन् भनेर उनी सुरुमा बुझ्न सक्दैनन्। खोज्दै जाँदा उनी भाइरसका कारण त्यो सब भएरहेको थाहा पाउँछन्। त्यसपछि उनले भाइरसबारे सोधखोज गरी धेरै कुरा थाहा पाउँदै जान्छन्। कथाको अन्त्यसम्म आइपुग्दा अभिषले धेरै मानिसलाई भाइरसबारे जानकारी दिन सफल हुन्छन्। कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको यो समयमा ‘जासुस अभिषको भाइरससँगको जित’ कथा निकै सान्दर्भिक छ। लेखक छल्मन बाइराको यस पुस्तकमा बालर्थतोया मुखजार्गलको विशिष्ट चित्राङ्कन रहेको छ। ती चित्रहरु हेर्दै कथा पढ्दै गर्दा टेलिभिजनमा रमाइलो कार्टुन हेरिरहेको जस्तो लाग्छ। चित्रले कथाको हिरो अभिषले अब यसपछि के गर्ने होला, कसरी आफ्नो काम फत्ते गर्ने होला भन्दै पुस्तकका हरेक पाना पल्टाइरहुँ लाग्ने कौतुहलता थपेका छन्। यस पुस्तकका चित्राङ्कनकर्ता बालर्थतोया प्रसिद्ध बाल चित्राङ्कनकर्ता हुन्। उनले हालसम्म १० ओटा बालसाहित्यका पुस्तकमा चित्र बनाइसकेकी छिन्। उनको ‘वियर एन्ड मस्क्युटो’ पुस्तक सन् २०१९ मा कलर्स अफ उलानबटार बालसाहित्य प्रतियोगितामा पुरस्कृत भएको थियो। यो पुस्तक मूल प्रकाशक नेप्को किड्सबाट मङ्गोलियामा पहिलोपटक प्रकाशित भएको हो। यस पुस्तकको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन्। विश्व महामारी कोरोना भाइरसले सबैतिर प्रभाव पारिरहेको बेला यो बेलामा सबैभन्दा बढी सचेत हुनुपर्ने बालबालिका बारे हो। उनीहरुलाई सहज ढंगले भाइरसबारे जानकारी गराउन, यसबारे सचेत रहन अपनाउनुपर्ने उपायहरु सानै उमेरको अभिषकै माध्यमबाट भनिएकाले यो पुस्तक बालबालिकाका लागि निकै रोचक र उपयोगी हुन सक्छ। यो पुस्तक ५-१० वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी लेखिएको हो। यस पुस्तकको मूल्य २२५ रुपैयाँ तोकिएको छ।