चिनियाँ नौसेनाको जहाज ‘युआन वाङ ५’ दुई दिनअघि अर्थात अगस्ट १६ मा श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा आइपुगेको छ । भारत र अमेरिकाजस्ता देशले यसलाई ‘जासुस जहाज’ ठान्छन्, जसलाई अन्य देशको जासुसी गर्न तैनाथ गरिन्छ । चीनले यो जहाज अत्यावश्यक वस्तुको आपूर्तिका लागि हम्बनटोटामा रोकिएको जनाएको छ । चीनले यो जहाजले जुन प्रकारको सामुद्रिक वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित काम गर्छ, त्यो अन्तर्राष्ट्रिय कानुनसम्मत भएको बताएको छ ।चीनले यो जहाजको गतिविधिले कुनै पनि देशको सुरक्षा र आर्थ