मौसममा क्रमश: सुधार, पारिलो घाम लाग्न अझै केही दिन लाग्ने

काठमाण्डाै - हिजो र अस्ति धुम्म भएको आकाश बिस्तारै खुल्न थालेको छ । हिजोको तुलनामा आज मौसम केही खुलेको छ । बेलुकीदेखि मौसम अझै सुधार हुने तर पारिलो घाम लाग्न भने केही दिन लाग्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनु भयो । उहाँका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेकाले आज दिनभर आकाश आंशिक रुपमा मात्रै खुल्नेछ । बेलुकीदेखि भने आंशिकदेखि मौसममा क्रमशः सुधार हुँदै जाने उहाँले बताउनुभयो । मौसमविद् मानन्धरका अनुसार आज बेलुकीभन्दा भोलि अझै बढी आकाश खुल्नेछ । आज दिउँसो सुद...

सम्बन्धित सामग्री

न्यायका लागि १७ दिन हिंडेका भुईंमान्छेहरु

५ फागुन, चितवन । खुट्टा सुन्निएका छन् । कति फोकामा पानी भरिएका छन्, कति फुटिसके । फुटेका फोका चहर्‍याएर खपिनसक्नु हुन्छ । दुखाइ कम गर्न ब्रुफिन खान्छिन् उनी । शुक्रबार बिहान पारिलो घाम लागेपछि फूलकुमारी सुनार नारायणी नदी किनारमा सुन्निएका खुट्टा सेकाइरहेकी थिइन् । सुर्खेतबाट सयौं किलोमिटर हिंडेर चितवन आइपुगेकी मिटरब्याज पीडित सुनारलाई जसरी पनि […]

अवका दुई-तीन दिन पारिलो घाम नलाग्ने

काठमाण्डौ, माघ ४ । आज देशभरका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले अबको दुई तीन दिनसम्म नै मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको छ । अवका दुई तीन दिन अब पारिलो घाम लाग्ने सम्भावना छैन । यसले गर्दा चिसो केही बढ्न सक्छ […]

मौसम सफा : अधिकतम तापक्रम लगातार बढ्दै, हावा चल्न थालेपछि वायु प्रदूषण पनि कम

काठमाण्डाै - देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन । वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ । मौसमविद् वरुण पौडेलले तत्काललाई पानी पर्ने सम्भावना नरहेको बताउनु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा...

अझै केही दिन वर्षा हुने

काठमाडौं : मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिएउनका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मनसुन सक्रिय रहे पनि पनि यसको सामान्य प्रभाव रहनेछ।      राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नबाट हल्कादेखि

आज धेरै ठाउँमा बिहानै चर्को घाम, दिउँसो हल्कादेखि मध्यम वर्षा हुने

काठमाण्डाै – केही दिन अघि थप सक्रिय भएर देशैभर झरी परे पनि अहिले त्यो क्रम रोकिएको छ । मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थान भन्दा केही तल सरेकाले तत्कालका लागि लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् हीरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थानमा भन्दा माथि सरे लगातार झरी  पर्ने सम्भावना रहन्छ । अहिले यो रेखा सामान्य स्थानबाट तल रहेको छ । यसले गर्दा देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको मौसमविद् भट्टराईले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो पहा...

काठमाण्डौसहित देशका धेरै ठाउँमा पारिलो घाम, दिउँसोपछि पानी पर्ने अनुमान

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । दिउँसोपछि भने केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जू बासीले जानकारी दिनुभयो । यस्तै, पर्सि मतदानका दिन पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने भएकाले सावधानि अपनाउन मौसमविद्को आग्रह छ । पर्सी दिउँसाे प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा मौसम सामान्य बद्ली हुने तथा प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रह...

बच्चादेखि वृद्धसम्मकाे टहलिने ठाउँ बन्याे, नारायणी नदी किनार (तस्बिरसहित)

चितवन - चितवनको नारायणगढ बजार नजिकै रहेको नारायणी नदी किनारमा हरेक दिन चहलपहल बढ्ने गरेको छ । तनाव र थकान मेटाउन, केटाकेटी भुलाउन, पारिलो घाम ताप्न र स्वच्छ हावा लिन चाहनेहरुको उपयुक्त गन्तव्यस्थल बनेको छ, नारायणी नदी किनार । नदीमा चलाइने डुङ्गा र सेल्फी प्वाइन्टले सबैलाई आकर्षित गरेको छ । बजार नजिकै रहेको नदी किनारको खुला चौरमा दिउँसोको समयमा पारिलो घाम ताप्न र साँझमा टहलिनेहरुको निकै भीड लाग्छ । नदी किनारमा बिहानदेखि साँझसम्म नै चहलपहल देखिन्छ । बिहानपख मर्निङ वाक र योगा ग...

चिसोमा उखु किसान : मण्डलादेखि सुकुम्बासी बस्तीसम्म (भिडियो)

बुधबार दिउसो १२ बजेको पारिलो घाम । चिनी मिलले पैसा नदिएर हैरान भएका सर्लाहीका उखु किसान ब्यानरसहित माइतीघर मण्डलामा धर्ना बसिरहेका थिए । धर्नाको दसौं दिन आन्दोलनरत उखु किसानको संख्या थपिइरहेको थियो ।