काठमाण्डाै - अबको केही दिन देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । अरब सागर र आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन पारिलो घाम लाग्ने सम्भावना नरहेको मौसमविद्ले बताएका हुन् ।
यो प्रणालीका कारण पहाडी जिल्लामा वर्षा र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । भोलि सुदूरपश्चिम र पश्चिमका केही पहाडी जिल्लामा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा हिमपात हुने उहाँले बताउनुभयो ।
आज पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पह...