उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्थे । उनलाई दसैँको समयमा ब्याट्रीको कालोले घरको झ्याल ढोका सिगारेको सम्झना ताजै छ । रातो र कमेरो माटोले लिपेको घर गाजल लगाएकी महिला जस्तो लाग्थ्यो । थातथलो छाडेर सदरमुकाम झरेपछि त्यस्ता दृश्य हेर्ने रहरमा मात्रै सीमित बनेको छ । उनले भने, “विशेष गरी विनाशकारी भूकम्प २०७२ ले ढुङ्गा माटोको घरलाई विस्थापित गराइ दियो । कङ्क्रीटका घर धेरै बने । रङरोगनले घर सजिएका छन्