संखुवासभा : जिल्लाका किसानहरू यतिबेला गोरु घुमाएर दाइँ लाउने,धान स्वाहार्ने चटारोमा छन्। किसानहरू एकआपसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा थियो तर हिजोआज बिरलै त्यस्ता दृश्य देख्न पाइन्छ। संखुवासभामा पछिल्लो समय गोरुको सहायताले हाल्ने दाइँ संस्कृति लोप हुन थालेको छ।गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ संस्कृति हराउँदै जान थालेको हो। गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याई धान झाँटेर धान पराल घरमा भित्र्याउन थालेका छन्। जसका कारण पहिलेजस्तो मियोमा गोरु घुम