तुलसीपुर : आफूहरूको कला, संस्कार र संस्कृति लोप हुँदै गएको भनी मगर अगुवाले चिन्ता व्यक्त गरेका छन्।नेपाल मगर संघ तुलसीपुर नगर कमिटीका अध्यक्ष हरि बुढामगरले आफूहरूको मौलिक संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। पछिल्लो समय मगर समुदाय बसाइँसराइँका क्रममा विभिन्न समुदायसँग बस्दै आएपछि यस्तो अवस्था आएको उनको तर्क छ।उनले भने, ‘हामीले विभिन्न सांस्कृतिक कार्यक्रम गरी माघी मनाउँछौँ। पछिल्लो पुस्तालाई यो संस्कार र संस्कृति सिकाउन मुस्किल परेको छ। कला संस्कृति जगेर्ना गर्न समस्या भए पनि अह