सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री थपिए, कञ्चनपुरका रावल बने राज्यमन्त्री

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त हुनु भएको छ ।  उहाँलाई मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ को ‘क’ बाट विजयी सांसद रावल  उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो...

सम्बन्धित सामग्री

मन्त्री कुँवर र राज्यमन्त्री सोडारीद्वारा बाढीप्रभावित क्षेत्रको निरीक्षण

असोज- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बलबहादुर सोडारीले कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएका छन् । मृत्यका सात परिवारलाई सरकार तर्फबाट ७ लाख रुपैयाँ र मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृत्यकका परिवारलाई १० […]

मन्त्री कुँवर र राज्यमन्त्री सोडारी बाढी प्रभावित क्षेत्रमा

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री  बलबहादुर सोडारीले  कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएका छन् । मृतकका सात परिवारलाई सरकारका तर्फबाट ७ लाख रुपैयाँ उपलव्ध गराइएको छ भने मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृतकका  परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोग गरेका हुन् । राहत वितरण गर्दै मन्त्री

सुदूरपश्चिम प्रदेश सरकारमा दुई राज्यमन्त्री थप

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा दुई राज्यमन्त्री थपिएका छन्। शुक्रबार अबेर प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए। उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन्। […]

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री चौधरीलाई पदबाट बर्खास्त

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलबीर चौधरीलाई पदबाट हटाइएको छ । एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पदबाट हटाइएको हो । उहाँलार्ई पार्टीले नै मन्त्री पदबाट हटाउन भनेपछि हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलले जानकारी गराउनुभयो । पार्टीको नीति विपरित कार्य गरेको भन्दै हटाएको प्रवक्ता रावलले […]

सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्रीलाई पदबाट हटाइयो

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री  कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको  छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए ।नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेको स्रोतको दाबी छ ।  उनलाई मन्त्री पदबाट हटाउनुको कारण भने खुलाइएको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी

२५ चैत, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी भएको हो । कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानून र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री भएका छन् । टेकबहादुर रैका सामाजिक विकास […]

कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने

काठमाण्डाै – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । यही वैशाख ३० गते हुने पालिकाको चुनावका लागि आचारसंहिता लागू हुनुअघि कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । आचारसहिंता आज शुक्रवार राति १२ बजेदेखि लागू हुँदैछ ।   कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकास मन्त्री हुने तयारी छ । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नु हुने भएको छ ।  कांग्रेसका मन्त्रीहरूका लागि एकीकृत समाजवादीक...

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री, मन्त्रीसंगै सांसदले पनि लिए दसैँ भत्ता

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसंगै मन्त्री, ४ राज्यमन्त्री र प्रदेश सभा सदस्यहरु दसैँ भत्ता लिएका छन । दसै भत्ता बापतको रकम उनीहरुको बैंक खातामा जम्मा भएको छ । उनीहरुका स्वकीय सचिवहरुले पनि भत्ता बुझेका छन । प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार पदाधिकारीहरूको एक महिना बराबरको दसैँ भत्ता भुक्तानी भएको छ । ‘ऐनअनुसार […] The post सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री, मन्त्रीसंगै सांसदले पनि लिए दसैँ भत्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा(एस) का दुई मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकारमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का दुई मन्त्री थपिएका छन्।...

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । पार्टी विभाजनपछि एमालेमै रहेका मन्त्रीद्वयले मंगलवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहराज यसअघि माधव नेपाल पक्षमा थिए तर मन्त्रीद्वय शाह र गहतराजले एमालेमै रहने निर्णय गरेपछि पदबाट राजीनामा दिएका हुन् । सुदूरपश्चिममा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । सुदूरपश्चिममा नेकपा ...