बाल्यकालमा ब्रेन क्यान्सरबाट बाँच्न सफल २२ वर्षकी सौना रे को शारीरिक विकास रोकियो । अब उनी जवान भइसकेकी छिन् तर उनी ८ वर्षकी बालिकाको शरीरमा कैद छिन् । सौना रे ६ महिनाकी मात्रै थिइन् जब उनलाई ब्रेन क्यान्सर भएको पत्ता लाग्यो । क्यान्सरका कारण केमोथेरापी गर्नुपर्यो । यसले उनको जीवन रक्षा त गरिदियो तर उनको पिट्युटरी ग्रन्थीमा पनि क्षती पुग्यो । यो ग्रन्थीमा क्षतिका कारण उनको शारीरिक विकास रोकियो । यद्यपि, कोमेथेरापीकै कारण उनको पिट्युटरी ग्रन्थीमा गम्भीर असर परेको भन्ने प्रमाण त छैन तर क