हेटौँडा- आगामी मङ्सिरको चुनावलाई केन्द्रित गर्दै गृहजिल्ला मकवानपुरमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई जनताको माझमा जान निर्देशन दिएका छन्। आज हेटौँडाबाटै केन्द्रीय सचिवालयको भर्चुअल बैठकमा थापाले भ्रष्टाचार, बेरोजगारी, कुशासन, धर्मपरिवर्तनलगायतका विषयलाई जोडतोडका साथ उठाउन आग्रह गरे। राष्ट्रियता कमजोर हुँदै गएको, विदेशी शक्तिहरूको दबाब र प्रभाव बढ्दै गएको अवस्थामा राष्ट्रवादी शक्तिहरू […]