काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्न दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा स्वतन्त्र उम्मेदवार सागर ढकालले प्रचारमा रोक लगाएको भन्दै आपत्ति जनाएपछि आयोगले सबै स्थानीय प्रशासनलाई यस्तो निर्देशन दिएको हो।…