काठमाडौँ। सूचना तथा संचार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने प्रतिनिधि सभा बैठकमा टेबुल हुने बताएका छन्। बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले आजको संसद बैठकमा एमसीसी टेबुल हुने बताएका हुन्।