अर्थतन्त्रको यथार्थ तस्बिर सार्वजनिक गर्छौ: अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्बिर सार्वजनिक गर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग मन्त्रालयमा भएको अन्तरक्रियामा उनले कोरोनाका कारण अर्थतन्त्रमा परेको समस्यालाई क्रमशः सुधार गर्दै लैजाने उनले बताए। उनले भने, 'त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो यथार्थ पत्र नै हो । हामीले त्यसबारे आवश्यक छलफल गरिरहेका छौँ।'

सम्बन्धित सामग्री

भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन् । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा मन्त्री डा. महतले भने, ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ– त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’  हाम्रा आयतकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे । उनले भने, ‘मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।’  राम्रो काम गर्ने कर्मचारी साथीहरू पनि हुनुहुन्छ । यी साथीहरूलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्नु हुँदैन । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्ने मन्त्री डा. महतको भनाइ छ । प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले स्पष्ट पारे । वीरगन्ज भन्सारको उदाहरण दिँदै मन्त्री डा. महतले भने, ‘त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौं त्यत्तिकै थन्काइए राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो । अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।’ इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री डा. महतले बताए । ‘लक्ष्यमा पुग्नै पर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुःख दिएर काम गर्नुपर्छ भनिएको छैन,’ मन्त्री डा. महतले भने, ‘कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौं ।’ अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ । ‘लक्ष्यभन्दा बढी पनि हामीले भन्सार राजस्व उठाउन सक्छौं, जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुन्छ,’ मन्त्री डा. महतले भने । उनले भने, ‘जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यवसायिकता, सम्मान र समर्पित हुनुपर्छ । कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नु हुँदैन ।’ रासस

अर्थमन्त्रीमाथि उठेका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्छ : पूर्णबहादुर खड्का

काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विषयमा उठेका विवादबारे तत्काल छानबिन गर्न माग गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टास लेख्दै उपसभापति खड्काले बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताउनु भएको छ । ‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आम जनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यसलार्ई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ&...

अर्थमन्त्री शर्मामाथि तत्काल छानबिन गर्न कांग्रेस उपसभापति खड्काको माग

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नुपर्ने माग गरेका छन्।बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्मामाथि प्रश्न उठेकाले यसलाई समाधान गर्न संसदीय छानबिन समिति बनाएर वास्तविकता बाहिर ल्याउनपर्ने खड्काको माग छ। ‘बजेट निर्माणको वेलाको विषय समेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ‚’ सामाजिक

आज श्वेतपत्र सार्वजनिक हुँदै

काठमाडौँ । सरकारले आज आर्थिक श्वेतपत्र जारी गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे यथार्थ चित्र बाहिर ल्याउन श्वेतपत्र जारी गर्न लागिएको हो अर्थमन्त्री जनार्दन शर्माले मन्त्री नियुक्ति भएलगत्तै श्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए।  सम्बन्धित समाचार : पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ […]

अर्थमन्त्री शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ सार्वजनिक गर्ने

काठमाण्डौ - अर्थमन्त्री जनार्दन शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ ल्याउने हुनु भएको छ ।  अर्थमन्त्री शर्माले आज देशको आर्थिक स्थितिबारे जानकारी गराउन प्रतिनिधि सभामा यथार्थ पत्र सार्वजनिक गर्ने उहाँको सचिवालयले जनाएको छ ।   अर्थमन्त्री शर्माले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यथार्थ पत्रको विषयमा जानकारी गराउनु भएको थियो । सामान्यतः नयाँ सरकार आउँदा सरकारले वा कुनै मन्त्रीले वर्तमान स्थितिका विषयमा जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने चलन छ ।  त्यही अनुसार अर्थमन्त्रीले यथार्थ पत्रका&nbs...

लोकप्रिय कार्यक्रम राखेर आयो बजेट, सवारीमा कर बढ्यो :: Pahilopost.com

काठमाडौं : चालु आर्थिक वर्षको यथार्थ बजेटमा २५ प्रतिशतले आकार बढाएर अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। कर प्रणालीमा सुधार र केही लोकप्रिय कार्यक्रम समावेश गरेर अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गरेका हुन्। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको यथार्थ