बाहिर सहकारीको बोर्डभित्र गैरसहकारी गतिविधि । यसले मुलुकभरका धेरै सहकारी संस्था समस्यामा परेका छन् । उस्तै उद्यम र आर्थिक अवस्था भएका सदस्यहरूबीच सहकार्य गर्ने मूल उद्देश्यबाट बहकिँदा मुलुकमा सहकारीले आर्थिक बेथिति मात्र बढाएका छैनन्, तीनखम्बे अर्थनीतिको एउटा खम्बा (सहकारी) नै धराशायी बनाएका छन् ।