वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा करिब एक करोड ५० लाख रुपैयाँभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैध रूपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो...