निर्माण व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै आन्दोलन घोषणा गरेको छ । महासंघले आन्दोलनका कार्यक्रम अन्तर्गत ८ वैशाखदेखि सरकारी कार्यालयमा धर्ना दिने भएको हो । सार्वजनिक खरीद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिने कार्यक्रम महासंघले आइतवार सार्वजनिक गरेको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले आइतवार सार्वजनिक खरीद अनुगमन कार्यालय र बीमा समितिलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले सार्वजनिक खरीद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना मागहरू सम्बोधन गर्न आग्रह गरेको छ । महासंघका मागबारे अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै अध्यक्ष सिंहले ८ गतेसम्म सुनुवाइ नभए धर्ना दिने बताएका छन् । निर्माण सामग्रीमा भएको मूल्यवृद्घि सम्बोधन गरिनुपर्ने, ठेक्काको म्याद थप हुनुपर्ने, सार्वजनिक खरीद (एघारौं संशोधन) नियमावली–२०७८ मा आएका केही प्रावधान, बीमा सम्बन्धी निर्देशिका–२०७८ लगायत व्यवस्थामा संशोधन/खारेज हुनुपर्ने माग महासंघका छन् । ती माग सम्बोधनका लागि यसअघिदेखि नै आग्रह गरिँदै आए पनि सुनुवाइ नभएको महासंघको भनाइ छ । निर्माण उद्योगका समस्या समाधानका लागि महासंघले पर्याप्त समय दिँदा पनि सम्बोधन नभएको महासंघका महासचिव रोशन दाहालले बताए । त्यस्तै महासंघले बीमा समितिमा बुझाएको ज्ञापनपत्रमा समितिबाट जारी गरिएको बीमा निर्देशिका–२०७८ खारेज गर्न माग गरिएको छ । खारेजको विकल्प संशोधन हुन सक्ने महासंघले बताउँदै आएको छ । निर्देशिकाको व्यवस्था अनुसार बीमा कम्पनीहरूले विगतमा लिइरहेको प्रिमियम दरमा चार–पाँच गुणा वृद्धि गर्ने प्रावधान अनुचित रहेको महासंघको ठहर छ । त्यस्तै विगतमा बीमा कम्पनीहरूले दाबी भुक्तानी गर्दै आएको ७० देखि ८० प्रतिशत दाबी रकम बीमकलाई भुक्तानी गर्नै नपर्ने लगायत प्रावधान अति अव्यावहारिक रहेको महासंघले बताएको छ ।

सम्बन्धित सामग्री

सबै आयोजनाको निर्माण पनि रोकिन सक्छ : निर्माण व्यवसायी महासंघ

६ असार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मूल्य समायोजन निर्देशन जारी नगरेमा अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजनाको पनि निर्माण ठप्प पार्ने चेतावनी दिएको छ । सरकारले मूल्यवृद्धिबाट परेको असरमा तत्काल राहत दिने गरी निर्देशिका जारी नगरेमा ‘कन्स्ट्रक्सन हालिडे’कै बीचमा आन्दोलनका कार्यक्रम सुरु गर्ने महासंघले बताएको छ । गत ११ वैशाखदेखि निर्माण व्यवसायीले मूल्य बढेको […]

बजेट सकारात्मक : निर्माण व्यवसायी महासंघ

सरकारले जारी गरेको आर्थिक वर्ष २०७९/८० को बजेटका केही प्रावधान सकारात्मक भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष रवि सिंहले सोमबार विज्ञप्ति जारी गर्दै ती प्रावधानहरूको अक्षरश कार्यान्वयनका लागि सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदै निर्माण व्यवसायीहरूको तर्फबाट गर्नुपर्ने कार्यान्वयनका लागि पूर्ण प्रतिबद्धता जनाएका छन् । नेपालका निर्माण व्यवसायीहरूले पनि विदेशमा निर्माण कार्यमा संलग्न हुन पाउने, संयुक्त उपक्रम (जेभी) को हकमा जरिवाना, थप दस्तुरमा शत प्रतिशत छुट

निर्माण व्यवसायी महासंघद्वारा मुख्यमन्त्रीकाे कार्यालयअगाडि विराेध प्रदर्शन

निर्माण व्यवसायी महासंघ, प्रदेश १ ले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। पछिल्लो समय आकाशिएको मूल्यवृद्धिले निर्माणजन्य कार्यलाई अघि बढाउन नसकिएको जनाउँदै मंगलबार विराटनगरमा महासंघ आवद्ध व्यवसायीहरूले कन्स्ट्रक्स होलिडेका रूपमा विरोध गरेका हुन्। निर्माण व्यवसायी संघ मोरङका महासचिव ध्रुव कार्कीले सरकारलाई समेत मूल्यवृद्धिबारे जानकारी गराउँदा समस्या हल नभएपछि विरोधमा उत्रिनुपरेको बताए। […]

निर्माण व्यवसायी महासंघमा सिंह

नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)को नवनिर्वाचित पदाधिकारीको शपथग्रहण सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका रवि सिंह पुनः निर्वाचित भएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा...

गैँडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीत : निर्माण व्यवसायी महासंघ

सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैँडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ। निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् । सडक विस्तारको काम भइरहेको महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको खण्डमा आइतबार खाल्डोमा परेर गैँडा मरेको थियो । सो खण्डको काम गरिरहेको इन्ड

गैंडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीत: निर्माण व्यवसायी महासंघ

काठमाडौँ – सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैंडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ। निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन्। सडक विस्तारको काम भइरहेको […]

गैंडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीतः निर्माण व्यवसायी महासंघ

काठमाडौं– सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैंडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् । सडक विस्तारको काम […]

निर्माण व्यवसायी महासंघ र इपानको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इपानले बीमाको दररेट वृद्धि र नयाँ सर्तसम्बन्धी निर्देशिका पुस १७ सम्ममा खारेज नभए १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् । उक्त निर्देशिका विकास विरोधी भएको बताउँदै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघ : एक चिनारी

वि.सं २०४७ साल जेठ २१ गते नेपाल निर्माण व्यवसायी संघको रूपमा विधिवत् स्थापना भएको नेपालका निर्माण व्यवसायीको साझा संस्थालाई २०५४ साल मंसिर २१ र २२ गते बसेको नेपाल निर्माण व्यवसायी संघको चौथो साधारण सभामा उपस्थित विभिन्न जिल्ला एवं क्षेत्रका प्रतिनिधिको समेत सहमतिबाट नेपाल निर्माण व्यवसायी संघको विधान २०४६ लाई संशोधन गरी नेपाल निर्माण व्यवसायी संघलाई […]

निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेजबीच सम्झौता

नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेज अफ इन्जिनियरिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट अध्यक्ष रवि सिंह र एड्भान्स कलेजका तर्फबाट अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले यस सहकार्यबाट विभिन्न निर्माण परियोजनाहरूमा कार्य गरी विद्यार्थीहरूले आफ्नो सिकाइ क्षमतालाई अझ वृहत् बनाउन सक्ने धारणा राखे […]