नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशको विकास देखेर विकास विरोधी अत्तालिएर सरकार ढालेको आरोप लगाएका छन्। आइतबार नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरू सरकार ढाल्न अदालत गएको आरोप लगाएका हुन्।