झापामा पनि सुरु भयो गैर आवासीय नेपाली नागरिकता वितरण

झापा – जिल्ला प्रशासन कार्यालय झापाले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ । प्रशासन कार्यालयले हाल अमेरिकामा बसोबास गर्दै आएका बिर्तामोड नगरपालिका- ८ निवासी देवीप्रसाद पाण्डे (दिपक)लाई सोमबार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । पाण्डेलाई प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नागरिकता प्रदान गरे । अन्य गैर आवासीय नेपालीहरूले पनि गैर […]

सम्बन्धित सामग्री

सिँजाबाट नागरिकता वितरण सुरु

इलाका प्रशासन कार्यालय सिँजामा अधिकृतस्तरको कर्मचारी पुगेपछि एकै दिन ६९ नागरिकता वितरण गरिएको छ । अधिकृतस्तरको कर्मचारी नहुँदा सिँजाबाट नागरिकता वितरण रोकिएको थियो । गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएको थियो । प्रशासन प्रमुख रेश्मा बुढाले आफू कात्तिक १५ गते काठमाडौँ, नेपालगन्ज, जुम्ला बजार हुँदै सिधै इलाका प्रशासन कार्यालय सिँजामा ५ बजे हाजिर भएको जानकारी दिनुभयो ।

मकवानपुरमा संजिता र श्रीकृष्णले पाए पहिलो गैरआवासीय नेपाली नागरिकता

सरकारले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेसँगै मकवानपुरबाट पनि दुईजनाले गैरआवासीय नागरिकता लिएका छन्।  मकवानपुरबाट पहिलोपटक बुधबार संजिता विडारी र श्रीकृष्ण थापाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन्।  जिल्ला प्रशासन कार्यालय...

गोरखामा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण

१६ असोज, गोरखा । जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकताको प्रमाणपत्र दिन सुरु गरेको छ । मंगलबार भीमसेन थापा गाउँपालिका–१ का मञ्जित वानियाँलाई आमाको नामबाट नागरिकता दिएर वितरण कार्यको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । ‘बुबाको पहिचान नखुल्दा १९ बर्षसम्म पनि नागरिकता बनाउन पाएका रहेनछन्’, उनले भने, ‘आज आमा मञ्जु वानियाँको नामबाट […]

कर्मचारी सरुवा भएपछि नागरिकता वितरण ठप्प

कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय, नराकोट, सिँजामा नागरिकता वितरण कार्य ठप्प भएको छ। प्रशासन कार्यालयका कर्मचारी अन्यत्रै सरुवा भई गएपछि सिँजा क्षेत्रको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकावासी नागरिकता लिनबाट वञ्चित भएका छन्। सो गाउँलाई लक्ष्य गरी स्थापना गरिएको इलाका प्रशासनले नागरिकता वितरण सुरु गरेको थियो।

अशक्तलाई घरमै नागरिकता वितरण गर्दै बर्दिया

बर्दिया । जिल्ला प्रशासन कार्यालय गुलरियाले अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको छ । प्रशासनले बर्दियाका विभिन्न अवस्थाका अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको हो । जिल्ला तथा इलाका प्रशासन कार्यालय आउनजान नसक्नेलाई नागरिकता तथा अन्य सेवा आवश्यक परेमा घर दैलोमै उपलब्द्ध गराइने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

एक महिनाभित्र एनआरएनए नागरिकता वितरण सुरू गर्ने रक्षामन्त्री खड्काको घोषणा

काठमाडौं, १५ असार । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले एक महिनाभित्र एनआरएनए नागरिकता वितरण सुरू गर्ने घोषणा गरेका छन्। शुक्रबार उनले एक कार्यक्रममा बोल्दै एक महिनाभित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण प्रकिया सुरू गर्ने घोषणा गरेका हुन्। उनले भने, ‘एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौं। एनआरएनलाई सहज हुने गरि परिवर्तन गर्नु […]

हुम्लामा इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण सुरु

हुम्ला जिल्लाको मध्ये भेगमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय सर्केगार्डबाट नागरिकता वितरण सुरु भएको छ। ख०७३ सालमा इलाका प्रशासन कार्यालय स्थापना गरिएपनि नागरिकता दिने आधिकारिक व्यक्ति नहुदाँ सेवाग्राहीलाई सदरमुकाम सिमकोट...

अशक्तलाई घरमै नागरिकता वितरण

खोटाङ – खोटाङको साकेला गाउँपालिकाले अशक्त नागरिकलाई घरघरमै नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपांग र अशक्त नागरिकलाई पहिचान गरेर गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले प्रशासनसँगको सहकार्यमा घरैमा पुगेर नागरिकताको प्रमाणपत्र वितरण सुरु गरेको हो । गाउँपालिकाले अपांग र अशक्तको नागरिकता बनाउनका लागि आवश्यक कागजात तयार पारेर आफ्नो प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय पठाएको थियो । जिल्ला प्रशासन कार्यालयमा प्रकृया पूरा गरेर नागरिकता तयार ...

बाँकेमा जन्मको आधारमा ४२३ नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मका आधारमा नागरिकता वितरण सुरु गरेपछि कार्यालयमा नागरिकता लिने सेवाग्राहीको विस्तारै भीड बढ्न थालेको छ।