कर्णालीको आशा नलगाड जलविद्युत् आयोजना

विकासको प्रमुख पूर्वाधारमा सडक, बिद्युत र सञ्चारलाई लिइन्छ । मुलुक सङ्घीयतामा गएपछि विकास पूर्वाधार निर्माणले समेत फड्को मार्ने प्रयास गरिरहेको पाइन्छ । सोही क्रममा कर्णाली प्रदेशको समृद्धिको महत्वपूर्ण पाटोका रुपमा नलगाड जलविद्युत आयोजना अगाडि बढेको छ ।

सम्बन्धित सामग्री

नलगाड जलविद्युत् आयोजना, मुआब्जा वितरण अन्तिम चरणमा

जाजरकोटमा निर्माण हुने ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । बारेकोट गाउँपालिका अन्तर्गतका वडामा मुआब्जा वितरण गर्ने काम भइरहेको छ । आयोजनाबाट नलगाड नगरपालिका वडा नं. ५ र ७ तथा बारेकोट गाउँपालिकाका वडा नं. १, २, ५, ६, ७, ८ र ९ वडा प्रभावित हुने छन् । अहिले भने बारेकोटको वडा नं. १, २, ५, ६, ७, ८ र ९ मा मुआब्जा वितरणको काम धमाधम भइरहेको छ । चार हजार दुई सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ ।

नलगाड जलविद्युत् आयोजनाको ‘ईआइए’ स्वीकृत

सुर्खेत : जाजरकोटको पूर्वमा निर्माण हुने नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाटको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको छ। कात्तिक १५ गते ईआइए स्वीकृत भएको वन अधिकृत खिलानाथ दाहालले जानकारी दिए।साउन १० गते सरोकारवाला निकायसँग राय सुझाव माग्दै वन तथा वातावरण मन्त्रालयले सूचना प्रकाशित गरेको थियो। उक्त प्रकाशित सूचनामाथि आवश्यक सल्लाह, सुझाव लिएर मन्त्रालयले कात्तिक १५ गते वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) अन्तिम प्रतिवेदन स्वीकृत गरेको वन अधिकृत दाहालले

नलगाडका घरको मुआब्जा तीन वर्षदेखि रोकियो

जाजरकोट, १ भदौ । अर्थ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना क्षेत्रका घरको मुआब्जा दिने विषयमा ह्रास कट्टीको विषयमा सहमति नदिँदा काममा बिलम्ब हुँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ह्रास कट्टी नगरी आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणलाई घरको मुआब्जा दिन अर्थ मन्त्रालयसँग सहमति मागेपछि सहमति नदिँदा तीन वर्षदेखि काममा ढिला हुँदै आएको हो । तीन […]

विकासको मूलधार पछ्याउँदै जाजरकोट

सुर्खेत : जाजरकोट विगत पाँच वर्षमा राष्ट्रिय सडक सञ्जाल, स्वास्थ्य संस्था र विद्युतीकरण लगायत विकासको मूलधारमा आएको छ।जिल्लामा निर्माणाधीन संरचनाले पाँच वर्षमा जाजरकोटको मुहार फेरिने नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताए। जटिल भूगोलका साथै राज्यको ध्यान नपुग्दा यहाँका बासिन्दाले सास्ती भोग्दै आएका थिए।नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाट, ७ मेगावाटको ताक्सुगाड जलविद्युत् आयोजना, भेरी करिडोर, लुम्बिनी–रारा सडक, जाजरकोट–जुम्ला सुरुङ लगायतका आयोजनाले जाजरकोटमा विकासको सम्भावना ब

जलाशययुक्त आयोजना प्राथमिकतामा

सरकारले आगामी आवको बजेटमा १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना, ४१० मेगावाटको नलगाड जलविद्युत् आयोजना निर्माणको लागि लगानीको मोडेल र स्रोत व्यवस्थापन गरी निर्माण कार्य अगाडि बढाइने बताइएको छ।...

सोलार मिनी ग्रिड स्थापना

जाजरकोट । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनी ग्रिड स्थापना गरेको छ । चार सय १७ घरधुरीलाई पुग्ने गरी उक्त मिनी ग्रिड स्थापना गरिएको कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । विद्युत्को पहुँच नपुगेको उक्त गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुवार सिंहले सो मिनी ग्रिडको उद्घाटन गर्दै ठाउँ अनुसार यस्ता खालका योजना अगाडि बढाइने बताए । ‘बत्ती बाल्ने मात्र नभई कुटानीपिसानीको कामसमेत यही पावरबाट हुनेछ,’ उनले भने । सदरमुकामबाट ७२ किलोमिटर उत्तर पूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखालगायत गाउँमा सोलारबाट विद्युतीकरण हुन लागेपछि आफूहरू उत्साहित भएको स्थानीय खड्कविक्रम शाहीले बताए । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै जनतालाई उज्यालो पुर्‍याउने उद्देश्यसहित काम गरिरहेको बताए । तीन तहकै सरकारसँग सहकार्य गर्दै विकास निर्माणका कामलाई तीव्रता दिइएको उनले जानकारी दिए । कर्णालीका १० जिल्लामा विद्युतीकरण र साना लद्युजलविद्युत् आयोजनाको अवस्थाका बारेमा हप्ता दिनभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएका मन्त्री सिंहले कर्णालीमा विद्युत्को समस्या भारी भएको भन्दै समाधानको बाटो खोजिने बताए । नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाटको निर्माणका लागि बाँधस्थल रहेको बारेकोटमा मन्त्री सिंहले तत्काललाई सबैलाई अँध्यारोबाट मुक्त गराउन यो पहल गरिएको बताए । कम लगानीमा तत्काल निर्माण गरी प्रतिफल लिन सकिने योजनासमेत निर्माण थालिएको उनले बताए । रासस

तीन ‘ज’को भण्डार बारेकोट (फोटो फिचर)

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका जैविक विविधताले भरिपूर्ण क्षेत्र मानिन्छ। यस क्षेत्र हिमालदेखि मध्यपहाडसम्मको भूभाग यही क्षेत्रमा पर्दछ।उपल्लो भागमा हिमालयदेखि तल्लो भागमा उत्पादनमुखी जमिन रहेको छ। जल, जंगल र जडीबुटीको भण्डार रहेको बारेकोट असाध्य सुन्दर ठाउँका रूपमा प्रख्यात छ।जुम्ला र डोल्पासँग सिमाना जोडिएको यो क्षेत्र नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाटको बाँधका साथै पानीको मुख्य मुहान र स्रोत समेत रहेको छ।

जग्गाधनी खोज्दै गाउँ पसे बैंक

नलगाड जलविद्युत् आयोजना निर्माणस्थलका स्थानीयको नाममा खाता खोल्न गाउँगाउँमा बैंक पुगेका छन् नलगाड

अध्ययनमै अल्झिए कर्णालीका जलविद्युत्

जाजरकोटस्थित नलगाड जलविद्युत् आयोजना डिपिआरमै अल्झिएको छ। सम्झौता अनुसार नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) २०७६ मै तयार भइसक्नुपर्ने हो तर थप चार वर्ष बितिसक्दा पनि डिपिआर बनेको छैन। सात वर्ष लगाएर प्रतिवेदन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।