विकासको मूलधार पछ्याउँदै जाजरकोट

सुर्खेत : जाजरकोट विगत पाँच वर्षमा राष्ट्रिय सडक सञ्जाल, स्वास्थ्य संस्था र विद्युतीकरण लगायत विकासको मूलधारमा आएको छ।जिल्लामा निर्माणाधीन संरचनाले पाँच वर्षमा जाजरकोटको मुहार फेरिने नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताए। जटिल भूगोलका साथै राज्यको ध्यान नपुग्दा यहाँका बासिन्दाले सास्ती भोग्दै आएका थिए।नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाट, ७ मेगावाटको ताक्सुगाड जलविद्युत् आयोजना, भेरी करिडोर, लुम्बिनी–रारा सडक, जाजरकोट–जुम्ला सुरुङ लगायतका आयोजनाले जाजरकोटमा विकासको सम्भावना ब