आकासे पुल र नगरबस सञ्चालन गर्ने योजनासहित इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि २ अर्ब ३५ करोड ३१ लाख रुपैयााको अनुमानित बजेट प्रस्तुत गरेको छ । आइतबार १३ औं नगरसभामा उपप्रमुख संगीता कुमारी चौधरीले चालु आर्थिक बर्षभन्दा १७ करोड बढाएर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।