बुटवल उपमहानगरपालिकाले २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । उपमहानगर सभाको एघारौं अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट पेस गरेकी हुन् । उपमहानगरले सहरी पूर्वाधार विकास र संरक्षणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।