बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । नगर सभाको एघारौँ अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रीदेवी अर्यालले आगामी आर्थिक वर्षका लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।उपमहानगरको आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानबापत १ करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपूरक अनुदान २ करोड ९९ लाख रहेको उनले बजेटमा उल्लेख गरेकी छन् ।उनले राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख र चालु आर्थिक वर्षको