हेटौंडा : मकवानपुरको पाँचवटा मतदान केन्द्रको मतपेटिका जिल्लाभित्रकै निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन अरू तीनवटा जिल्ला पार गर्नुपर्ने भएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिकाको तीन र बकैया गाउँपालिकाको दुईवटा मतदान केन्द्रको मतपेटिका सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउन अन्य तीनवटा जिल्ला पार गर्नुपर्ने भएको हो। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उक्त मतदान केन्द्रमा बाटोको पहुँच नहुँदा सिधै सम्बधित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउन सक्ने अवस्था नरहे