प्रदेश सरकारले लमजुङका भूकम्पपीडितलाई पठायाे ४० थान त्रिपाल

काठमाडौं : गण्डकी प्रदेश सरकारले लमजुङका भूकम्पपीडितलाई ४० थान टेन्ट र त्रिपाल पठाएको छ। संघ सरकारबाट ५० थान त्रिपाल पठाएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्।  उनले भनेका छन,‘भूकम्पका कारण थुप्रै जना घाइते भएको खबरबाट चोट महसुस गरेको छु,घाइते हुनुभएका सबै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, लमजुङमा २५० घर क्षतिग्रस्त हुँदा १ सयभन्दा बढी घर बस्नै नमिल्ने गरी भत्किएका छन्,तत्कालको राहतका लागि गण्डकी प्रदेश सरकारले ४० थान टेन्ट र त्रिपाल पठाइसकेको छ,संघ सरकार...

सम्बन्धित सामग्री

खोटाङ आगलागी पीडितका लागि प्रदेश सरकारले पठायो राहत

खोटाङको केपिलासगढि गाउँपालिका ४ बक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडासहितका सामग्री खोटाङ पठाएको हो । मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ४ सय ५० केजी रहर दाल ४५ केजी र चिनी ४५ केजी राहत सामग्री पठाएको हो । सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका थिए । जस अनुसार प्रदेश १

जाडोयाममा त्रिपाल मुनि बास

सर्लाही–जिल्लाको लालबन्दी नगरपालिका–२ जुटपानी पुनरवासका दलित परिवार तिरपालमुनि बस्न बाध्य छन् । प्रदेश नं २ सरकारले जनता आवास कार्यक्रम अन्तर्गत ती परिवारलाई आवास निर्माण गरिरहेको छ । निर्माण समितिले बनाउन ढिलासुस्ती गर्दा दलित परिवार तिरपालमुनि बस्न बाध्य भएका हुन् । निर्माण समितिको ढिलासुस्तीका कारण आफूहरु त्रिपाल तानेर बस्नु परेको पीडितको गुनासो छ । ‘बाल बच्चासहित […]

कांग्रेस बागमती प्रदेश संसदीय दलले मेलम्ची बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं, ६ असार । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले सरकारले नसके मेलम्ची बाढीपहिरो पीडितलाई सम्पूर्ण सहयोग गर्ने बताए । मेलम्ची बाढी पीडितलाई आस्थायी रुपमा नाना, छाना (त्रिपाल) र खानाको व्यवस्था गर्ने बानियाँको घोषणा छ । उनले सरकारले बाढी पीडितलाई प्रयाप्त मात्रामा राहत उपलब्ध गराउन नसकेकाले आफूहरु सक्रिय रुपमा अघि बढ्ने उनको […]

दोर्दीखोला बाढी पीडितलाई गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोग

काठमाडौं। लमजुङको दोर्दी– ८ हिलेबजारमा बाढीले बगाएका १७ घरलाई गाउँपालिकाको तर्फबाट त्रिपाल, कम्बल,खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको छ। त्यस्तै गण्डकी प्रदेश सरकारको तर्फबाट कर्कटपाता वितरण भएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए। उक्त सामग्री प्रदेशमन्त्री मधुमाया गुरुङ, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुँइटेललगायतले वितरण गरेका छन्। दोर्दी खोलामा आएको बाढीले ती घर बगाएका थिए।

भूकम्प पीडितलाई नगद १५ हजार सहयोग

लमजुङ। भूकम्प पीडिलहरुलाई नगद १५ हजार सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुइटेलले बताए। लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले करिब २०० घर क्षति भएको छ। जसमध्ये बेसी सहर,मर्स्याङ्दी गाउँपालिका र दोर्धी गाउँपालिकामा धेरै क्षति गरेको लुइटेलले बताए।गृह मन्त्रालय, प्रदेश सरकार र विभिन्न एनजीओ आईएनजीओले सहयोग स्वरुप दिएको त्रिपाल लगायतका समानहरु वितरण गरिने बताए।

त्रिपाल टाँगेर होल्डिङ सेन्टर

भारतबाट घर फर्किनेलाई नाकामा स्वास्थ्य परीक्षणपछि गन्तव्यमा पठाउने बेलासम्मका लागि बस्न बनाउने भनिएको होल्डिङ सेन्टर अझै बन्न सकेको छैन । प्रदेश सरकारले स्थायी प्रकृतिको होल्डिङ सेन्टर निर्माण गर्ने भने पनि अहिले त्रिपाल टाँगेर बनाउन थालिएको छ ।

आगलागी पीडितलाई प्रदेश सरकारको राहत– १० हजार र त्रिपाल

पर्वतको पैयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका ...

ताजाँकोटका विस्थापितलाई कर्णाली सरकार बाँड्यो केही थान त्रिपाल र कम्बल

कर्णाली प्रदेश सरकारले हुम्लाको ताजाँकोट गाउँपालिकाका बाढीपहिरो विस्थापितलाई केही थान त्रिपाल, कम्बल