खोटाङको केपिलासगढि गाउँपालिका ४ बक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडासहितका सामग्री खोटाङ पठाएको हो । मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ४ सय ५० केजी रहर दाल ४५ केजी र चिनी ४५ केजी राहत सामग्री पठाएको हो । सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका थिए । जस अनुसार प्रदेश १