खानेपानीको बिल भुक्तानी खल्ती डिजिटल वालेट बाट गर्न सकिने

‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट गर्न सकिने भएको छ ।  ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्ने खल्तीले जनाएको छ। कम्पनीका अनुसार ‘खल्ती’बाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाकि भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ। त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्ट बाट भुक्तानी गर्न सकिनेछ।  यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरुले वर्षौ देखि पर्खि आएका छन् र यस सेवालाई हामीले डिजिटल रूपमा  दिन पाउँदा धेरै उत्साहित  छौं।”  

सम्बन्धित सामग्री

खल्ती र थापाथली क्याम्पसबीच साझेदारी

खल्ती डिजिटल वालेट र थापाथली क्याम्पसबीच शुल्क भुक्तानीमा डिजिटल वालेट प्रयोग गर्ने विषयमा साझेदारी भएको छ । यस सुविधाअन्तर्गत थापाथली क्याम्पसका विद्यार्थीले शिक्षाको जुनसुकै तहमा दर्ता गर्न, भर्ना गर्न, ट्युसन शुल्क, परीक्षा शुल्क र अन्य शुल्क भुक्तानी गर्न सक्नेछन् । खल्तीसँग साझेदारीको सुरुवात गरी थापाथली क्याम्पसले डिजिटलाइजेसनमा एक कदम अगाडि बढाएको जनाइएको छ ।

सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

अबदेखि सानिमा बैंकको मोबाइल बैंकिङबाट पनि ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले सानिमा बैंकसँग सम्झौता गरेको छ ।

सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

काठमाडौँ – नेपालको प्रचलित अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’ ले सानिमा बैंकसँग सम्झौता गरेको छ। जसअन्तर्गत सानिमा बैंकका ग्राहकलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ। यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकले अब खल्ती वालेटमा बिना झन्झट सीधै बैंकको सानिमा सजिलो […]

‘खल्ती’ बाटै ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी गर्न सकिने

काठमाडौँबासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट गर्न सकिने भएको छ ।  व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको छ। त्यति मात्र हैन, ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन्।   यस सेवाका बारे थप बोल्दै &ls...

फोनपेमा आवद्ध भयो खल्ती, अब फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने

फोनपेमा खल्ती डिजिटल वालेट आवद्ध भएको छ । योसँगै अब खल्तीबाट फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ ।  सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपे र खल्तीबीच सम्झौता भएको हो । उक्त सम्झौतामा फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र खल्तीका सीईओ विनय खड्काले हस्ताक्षर गरेका हुन् ।  यसअघि खल्तीका प्रयोगकर्ताले फोनपेको क्युआर स्क्यान गरेर...

नबिल बैंक–खल्ती डिजिटल वालेट सम्झौता

काठमाडौं (अस) । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले नबिल बैंकसँग सम्झौता गरेको छ । सम्झौतापछि नबिल बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत खल्तीमा पैसा लोड गर्न सक्नेछन् । साझेदारीसँगै बैंकका ग्राहकले अब खल्ती वालेटमा बिनाझन्झट नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन् यो साझेदारीले बैंक तथा वालेटका ग्राहकलाई सहज भुक्तानी सेवा उपलब्ध हुने खल्तीका सीईओ विनय खड्काले बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकलाई डिजिटल भुक्तानी सेवा पु¥याउन खल्तीसँग सहकार्य गरिएको जानकारी दिए । खल्ती डिजिटल वालेटले मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङलगायत सेवाको डिजिटल भुक्तानी तथा रकम आदान–प्रदान सेवा दिइरहेको छ । नबिल बैंकले १३५ शाखा, १८७ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

अब नबिल बैंकको मोबाइल बैंकिंङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ । नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा जम्मा गर्न अनलाइन भुक्तानी सेवा कम्पनी ‘खल्ती’ ले नबिल बैंकसग सम्झौता गरेको छ । ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।यो सहकार्यले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा साबित हुने खल्तीका प्रमुख कार्य

राष्ट्रिय वाणिज्य बैंकको आवेदन फाराम शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क अब ‘खल्ती डिजिटल वालेट’ बाटै भुक्तानी गर्न सकिने भएको छ । बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । सो पदमा बैंकको वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय

अब खल्तीबाट आफ्नो बैंक खातामा नि:शुल्क रकम पठाउन सकिने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले ग्राहकहरुको अमुल्य प्रतिक्रिया तथा सुझावलाइ मध्यनजर गर्दै खल्ती बाट बैंक खातामा नि:शुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ।  यस सेवा अन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा रू. ५००० र दैनिक ३ पटक...

‘खल्ती डिजिटल वालेट’ वीरगन्जमा पनि

नगद नबोकी मोबाइलबाट नै भुक्तानी तथा कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रिएकोे ‘खल्ती डिजिटल वालेट’ मोबाइल एप्लिकेसनबाट अब वीरगन्ज क्षेत्रमा पनि कारोबार गर्न सकिने भएको छ।