प्रधानमन्त्री शेरबहादुर देउवाले एक दुई दिनमा बजेट पारित हुने र त्यसलगत्तै संसदमा नागरिकता विधेयक पेश हुने बताएका छन् । बालुवाटारमा सोमबार बिहान लोकतान्त्रिक समाजवादीका नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएको नेता राजेन्द्र महतोले बताए ।यसअघि लोसपाका नेताहरुले जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसक्रममा देउवाले नागरिकता विधेयक अघि बढाउने बचन दिएपनि अघि नबढाएपछि लोसपाका नेताहरु सोमबार प्रधानमन्त्री भेट्न बालुवाटार पुग