राजधानीमा ठूलो हुरीबतास चलेसँगै राजधानीमा बिद्युत अवरुद्ध बनेको छ । नेपाल विद्युत प्राधिकरणले हुरीबताससँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको जनाएको छ । हावाहुरीले कतिपय स्थानमा विद्युत पोल ढल्नुका साथै कतिपय स्थानको विद्युत भने सम्भावित क्षति नहोस् भनेर बन्द गरिएको बताइएको छ । राजधानीमा बिहीबार राति ९ करिब बजेदेखि हावाहुरी चल्न थालेको थियो भने जसका कारण जनजीवन प्रभावित हुन पुग्यो। करिब आधा घण्टा तीव्र बेगका साथ हुरी चलेको थियो भने अहिले केही कमी भएको छ । जल तथा