हावाहुरीसँगै पानी पर्दा पोखरा दिउँसै अन्धकार !

कास्की – पोखरामा पानी पर्दा दिउँसै अन्धकार भएको छ । आज मङ्गलवार दिउँसो साढे ३ बजेपछि हावाहुरीसँगै पानी पर्दा पाेखरा अन्धकार भएको हो । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण अहिले पोखरामा मेघगर्जनसहित पानी परिरहेकाे छ । दिउँसै अध्यारो हुँदा सवारी साधनहरू हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु बीच बाटोमा नै रोकिएका छन् । यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महसुस गरिएको छ । पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२ दशमल...

सम्बन्धित सामग्री

हावाहुरी र पानी पर्दा पोखरा दिउँसै अन्धकार !

पोखरामा मंगलबार पानी पर्दा दिउँसै अन्धकार भएको छ । मंगलबार दिउँसो साँढे ३ बजेपछि भएको हावाहुरी र वर्षाका कारण दिउँसै अन्धकार भएको हो ।पश्चिमी वायुको साथै स्थानिय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ । वर्षासँगै पोखरामा दिउँसै अँध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा नै रोकिएका छन् ।यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ । पोखराको पछिल्लो २४ घण्टाको अधिकतम त