ललितपुरमा आचारसंहिता उल्लङ्घनको गुनासो आएपछि अनुगमन तीव्र बनाइएको छ । ललितपुर महानगरपालिका, नगरपालिका र पालिकाहरुमा आचारसंहिता विपरीत सार्वजनिकस्थल, व्यक्तिको घरमा पार्टीको झण्डा, फ्लेक्स, चुनाव चिह्न राखिएको गुनासो आएपछि अनुगमन तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जानकारी दिएको छ ।ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अहिले आचारसंहितालाई ललितपुरमा पूर्णरूपमा पालना गराइएको बताए । उनले आज पनि आफैँ विभिन्न ठाउँको अनुगमन गरिरहेको बताउँदै आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको