प्रचण्ड-नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले सरकारको प्रतिगमन विरुद्ध चौथो चरणको आन्दोेलन घोषणा गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध प्रचण्ड नेपाल समूहले फागुन ५ देखि १५ गतेसम्म काठमाडौं लगायत मुलुकभर विरोध प्रर्दशन, सभा तथा हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको हो । १५ गते सम्म संघीय राजधानी र प्रदेश राजधानीमा दैनिक जसो विरोध प्रर्दशनका कार्यक्रम हुने भएका छन् । प्रचण्ड माधव समूहले प्रतिगमन विरुद्ध फागुन १२ गते चितवन र २१ गते दाङमा ठूलो विरोध प्रर्दशन गर्ने भएको छ । संविधान र लोकतन्त्रको पक्ष तथा सरकारको प्रतिगमन विरुद्ध फागुन ७ देखि १५ गते सम्म हस्ताक्षर कार्यक्रम गरिने भएको छ । फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत अन्तरक्रिया गर्ने, फागुन ६ गते प्रतिगम, मंहगी र भ्रष्टाचार विरुद्ध टुँडिखेल वरिपरि मानवसाङलोसहित विरोध, अपरान्ह १ घण्टा विरोध प्रर्दशन गर्ने, फागुन ५ देखि १२ गते सम्म सम्बन्धित प्रदेश जिल्ला कमिटीले प्रतिगमन विरुद्धका कार्यक्रम गर्ने, फागुन ७ गते मुलुकभरका सबै पालिकाका वडा कार्यालयमा विरोध प्रर्दशन गर्ने, फागुन ९ गते प्रतिगमन र महिला हत्या, हिंसा एंव बलात्कार विरुद्ध काठमाडौं उपत्यका सहित देशव्यापी प्रर्दशन गर्ने, फागुन १० गते दलित मोर्चाको तर्फबाट काठमाडौं उपत्यका सहित देशव्यापी विरोध गर्ने, फागुन ११ मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु पिछडिएको क्षेत्र लगायत उत्पीडित समुदायको पहिचान झल्किने झाँकी सहित प्रर्दशन गर्ने, १४ गते काठमाडौंमा वृहत युवा र्याली र १५ गते किसान सुकुम्बासी मोर्चाको तर्फबाट विरोध कार्यक्रम गरिने भएको छ । प्रचण्ड माधव समुहले नेपालगञ्ज र जनकपुरमा पनि ठूलो सभा गर्ने तयारी गरेको छ । ती स्थानमा गरिने सभाको मिति पछि टुंगो लगाउने केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलेको असंबैधानिक र निरंकुश कदम, अलोकतान्त्रिक ढंगले जारी गरेको अध्यादेश मार्फत संबैधानिक निकायका पदाधिकी नियुक्त गरि संविधान र कानुनको ठाडो उलंघन गर्ने काम भएको भन्दै ती सबै नियुक्ति खारेजी गरि संविधान एवं कानुन कार्यान्वयनको ...

सम्बन्धित सामग्री

बार एसोसिएसनद्वारा चौथो चरणको आन्दोलन घोषणा, देशभरका अदालतमा बहस नगर्ने

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागिरहेको बार एसोसिएसनले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको बैठकले चौथो चरणको आन्दोलन घोषणा गरेको महासचिब लीलामणि पौडेलले जानकारी दिए । वार्ताका लागि भन्दै प्रधानन्यायाधीश राणाले शुक्रबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएकै दिन बारले चौथो चरणको आन्दोलन घोषणा गरेको हो । महाससचिब पौडेलका अनुसार सोमबारदेखि […]

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहको चौथो चरणको आन्दोलन आजदेखि

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाको विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले आजदेखि चौथो चरणको आन्दोलन घोषणा गरेको छ

भ्रष्टाचारविरुद्ध टुँडिखेल वरिपरि मानवसाङ्लोसहित धर्ना

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि निरन्तर आन्दोलनमा रहेको नेकपा दाहाल–नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। चौथो चरणको आन्दोलन फागुन ५ देखि १५ गतेसम्म हुनेछ।

प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

२ फागुन, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीहरुले सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्नेछन् । फागुन ६ गते […]

पशुपतिनाथलाई राजनीतिक स्वार्थका लागि उपयोग गरियाे : नारायणकाजी श्रेष्ठ

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थका लागि उपयोग गरिएको बताउनुभएको छ ।  आइतबार नेकपा केन्द्रीय सङ्घर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरूको प्रस्तुतिलाई गलत ढङ्गले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई सङ्कीर्ण राजनीतिक स्वार्थका लागि उपयोग गरिएको बताउनुभएको हो । पशुपतिनाथ विश्वभरिका हिन्दूहरूको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफूहरूले सम्मान गर्ने उहाँको...

प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गरेको छ।