प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहको चौथो चरणको आन्दोलन आजदेखि

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाको विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले आजदेखि चौथो चरणको आन्दोलन घोषणा गरेको छ

सम्बन्धित सामग्री

संसद विघटनविरुद्ध जनमत बनाउँदै सभामुख

२८ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वपक्षीय बैठकमा विपक्षी गठबन्धनका नेताहरुले अदालतबाट संविधानको रक्षा हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध जनमत निर्माणमा सक्रिय सभामुख सापकोटाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाएका थिए । तर उनी अनुपस्थित रहे । यसअघि उनले बोलाएको पूर्व सभामुखहरुको परामर्श बैठकमा ओली समूहमा […]

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा निवेदक पहिले भन्दा बलियो

१० जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा यसअघि भन्दा निवेदक बलियो देखिएका छन् । प्रतिनिधिसभाको हाल कायम रहेको सदस्य संख्याको बहुमत सदस्य नै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल समूह, राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)का डा. बाबुराम भट्टराई, उपेन्द्र यादव समूह र […]

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च पुगे विपक्षी गठबन्धन

प्रतिनिधिसभा विघटन बिरुद्ध विपक्षी गठबन्धन रिट, निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत गएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसद अदालतमा उपस्थित छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन

प्रतिनिधिसभा विघटनविरुद्ध १४९ जनाको हस्ताक्षरसहित विपक्षी गठबन्धन अदालत जाने

न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध १४९ जनाको हस्ताक्षरसहित विपक्षी गठबन्धन अदालत जाने भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान […]

राजधानीमा नेकपा प्रचण्ड–नेपाल समूहको सिटी जुलुस (फोटोफिचर)

प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलनअन्तर्गत मंगलबार राजधानीमा सिटी निकालेको छ ।  लैनचौरबाट निस्किएको जुलुस सोह्रखुटे हुँदै वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा आगामी २२...

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा बैठकका चार निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त सङ्घर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले संविधान विपरीत प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि सबै  राजनीतिक दल, नागरिक समाजलगायत सरोकार वर्ग तथा क्षेत्र आन्दोलित भएको तथा पार्टीका तर्फबाट यसअघि सञ्चालित सङ्घर्षका कार्यक्रम र विशेष गरी यही माघ ९ गते काठमाडौँमा आयोजित जनसभा सफल भएको निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध चितवनका विद्यार्थीले कलेजमा टाँगे कालो ब्यानर

प्रतिनिधिसभा विघटनको विरोधमा चितवनका कलेजहरूमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका अनेरास्ववियुका विद्यार्थीले कालो ब्यानर टाँगेका छन् । अनेरास्ववियु केन्द्रको विरोधको कार्यक्रमअनुसार चितवनका कलेजमा पनि कालो ब्यानर टाँगेको विद्यार्थीले बताएका छन् ।  उनीहरूले...

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल) पक्षको प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन शुरु गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनमा नेकपाका शीर्ष नेता सहभागी हुनुभएको छ । भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शनमा शहीदढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आई सभामा परिणत हुने भएको छ । प्र्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताको सहभागिता थियो । नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ । (रासस)