काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थका लागि उपयोग गरिएको बताउनुभएको छ ।
आइतबार नेकपा केन्द्रीय सङ्घर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरूको प्रस्तुतिलाई गलत ढङ्गले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई सङ्कीर्ण राजनीतिक स्वार्थका लागि उपयोग गरिएको बताउनुभएको हो । पशुपतिनाथ विश्वभरिका हिन्दूहरूको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफूहरूले सम्मान गर्ने उहाँको...