संघीय संसदमा प्रस्तावित विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकताको सम्बन्धमा जेठ ४ र ५ गते छलफल हुने भएको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्षको विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावित विधेयकमाथि जेठ ४ र ५ गते छलफल हुने जानकारी दिए । अर्थमन्त्री शर्माले आगामी बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको क्षेत्रमा विशेष प्राथमिकता दिनुका साथै करमुखी अर्थतन्त्रलाई परिवर्तन गर्दै मुल