दार्चुला - दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङकाे पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे हाे । दार्चुलालगायत सुदूरपश्चिमका डाेटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएकाे छ । डाेटीमा भने भूकम्पकाे धक्का पछि स्थानीयकाे भागाभाग भएकाे छ । डोटीमा अहिले पनि सबै नागरिक सडकमै आगो बालेर बसेका...